उजनले लुक्स फेरेर ल्याए ‘तिमी जस्ती राम्री’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २१ पुष शनिबार
no img

पछिल्लो समय नेपाली गीतसंगीतको क्षेत्रमा भिडियो निर्माणको लहर र प्रतिस्पर्धा चल्दै गएपछि  नयाँ-नयाँ कन्सेप्टसँगै गुणास्तरमा पनि बृद्धि हुँदै गएको छ ।
यस्तै, गायक उजन नेम्बाङको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । गायक उजनको पछिल्लो गीत ‘तिमी जस्ती राम्री’को भिडियोमा नयाँ कन्सेप्ट अपनाइएको छ । हलिउड र बलिउडका लागि नयाँ नभएपनि नेपाली सांगीतिक क्षेत्रमा हाल निर्माण भइरहेका भिडियोहरु भन्दा केही फरक बनेको छ ‘तिमी जस्ती राम्री’को भिडियो ।
पप तथा -याप मिश्रित ‘तिमी जस्ती राम्री’ गीतको यस भिडियोलाई अफ्रिकन भावशैलीमा निर्माण गरिएको छ । कुनै समय अमेरिकन तथा अफ्रिकन गीतको भिडियोहरुमा निकै ग्ल्यामर्स देख्न पाइन्थ्यो ।
एबि पिक्चर्स फार्मले निमार्ण गरेको उक्त म्युजिक भिडियोलाई राजधानीमै एक नाइट क्लवमा छायांकन गरिएको हो । यस भिडियोमा पछिल्लो समय नेपाली युवापुस्तामा बढ्दै गएको रात्री क्लव क्रेजलाई दर्साइएको छ । गीतको तुलनामा भिडियो केही हद कामुक शैलीमा निर्माण गरिएको छ । तर, कलात्मक सिनेमाटोग्राफी र सम्पादनले गर्दा भिडियो सुन्दर र अन्तर्राष्ट्रियस्तरको बनेको छ ।
गायक उजनको स्वर, सुरेश राईको शव्द र संगीत तथा गोपाल रसाइलीको सगीत संयोजन रहेको भिडियोमा उजनले नै अभिनय गरेका छन् । गायक उजन आफ्नो भिडियोमा फरक लुक्समा देखिएका छन् ।

यस भिडियोलाई फराज अर्पणले खिचको हुन् भने समिर मियाको सम्पादन रहेको छ । सोभित बस्नेतले निर्देशन गरेको यस भिडियोमा गायक उजनसँगै नायिका सुष्मा कार्की र मोडल सोनिका रोकायाले अभिनय गरेका छन् । भिडियोमा सोनिकाको कामुक अवतार देख्न सकिन्छ ।
यस भिडियोप्रति गायक उजन आशावादी छन् । भिडियो रिलिज गरेपछि उजनले भने, ‘यसपटक केही नयाँ र फरकशैलीमा भिडियो बनाइएको छ । यो भिडियोले केही गर्ला कि भन्ने आशा गरेको छु ।’ उनले यस भिडियोका लागि निकै मिहिनेत गर्नु परेको बताए ।

Comments