गायिका राईको ‘जुनी’ सार्वजनिक
screennepal
प्रकाशित: २०७५, १९ पुष बिहीबार
no img

गायिका जुनी खालिङ राईको पहिलो गीति एल्बम ‘जुनी’ विमोचन सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालगायतले एल्बमको सार्वजनिक गरे ।
नेपाली वाङ्मय परिषद्द्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि पूर्वमन्त्री शेर्पाले गीत–संगीतले समाजलाई परिवर्तन गर्ने सामथ्र्य राख्ने बताए । उनले भने, ‘त्यसैले सार्थक गीत–संगीतको प्रवद्र्धनमा कलाकारहरू लाग्नु पर्छ । उनले गायिका राईको एल्बम ‘जुनी’भित्रका गीतहरू श्रुतिमधुर रहेको दाबी गरे ।
कार्यक्रममा गायिका लोचन भट्टराईले ‘गीत–संगीत मनोरञ्जनको साधन नभएर सभ्यता र संस्कृति’ भएको धारणा राखिन् । किरात राईका प्रतचलित लोकगीतमा विद्यावारिधि गरेका डा. भक्त राईले ‘जुनी’ एल्बमका गीतहरू अब्बल रहेको बताए । उनले लोकजीवन र लोकलयमा आधारित गीत–संगीत कालजयी रहने विचार व्यक्त गरे । गायक तथा संगीतकार कृष्णभक्त राई र गीतकार टीका चाम्लिङले विमोचित एल्बमका गीतहरूले श्रोताको मन छुने बताए ।
साँघुरी गाउँपालिका–९, धनकुटाकी गायिका राईले ग्रामीण परिवेशमा घाँस–दाउरा गर्दा नै आफूले गीत गाउन सिकेको सुनाइन् । कार्यक्रममा उनले एल्बममा समाविष्ट गीत ‘यो नजरले त्यो नजर देखेझँै लाग्यो’ गाएर सुनाएकी थिइन् ।
एल्बमभित्र गीतकार जीवन खालिङ राईको शब्द, तीर्थ खजुम र एमबी कुँवरको संगीत रहेको ‘तिम्रो मुस्कान’, जीवनकै शब्द अनि सन्देश याम्फू र गायिका स्वयम्को संगीतको ‘जोवन बाहेक छैन मसँग’, जीवनकै शब्द र सूर्य वालिङ राईको संगीत रहेको ‘साँझ–बिहान’, आशा राईको शब्द र कृष्णभक्त राईको संगीतको ‘यो नजरले त्यो नजर’, हरिप्रसाद राईको शब्द तथा संगीत रहेको ‘भेडेटारको डाँडैडाँडा’ र सुखकला राईको शब्द र कृष्णभक्त राईको संगीत रहेको ‘कस्तो माया बस्यो कुन्नि’ बोलका ६ गीत संग्रहित छन् । सबै गीतको संगीत संयोजन कृष्णभक्त राईले गरेका छन् । एल्बमको बजार व्यवस्थापन कञ्चन म्युजिक प्रा.लि.को रहेको छ ।

Comments