जिग्मेले ल्याइन् नयाँ गीत (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १८ पुष बुधबार
no img

चर्चित बालगायिका जिग्मे छोकी घिसिङको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । चर्चित गीत ‘तिम्ले बाटो फेरेऊ अरे’को बालभर्सन गाएर चर्चा आएकी जिग्मेको ‘हाम्रो यी साना आँखा’ बोलको पछिल्लो गीतलाई भिडियोमा सार्वजनिक गरिएको हो ।
करिब ७ वर्षकै उमेरमा जिग्मेले गीत ‘तिम्ले बाटो फे¥यौ अरे’ गीत गाएकी थिइन् । उक्त गीतलाई यु–ट्युबमा एक करोडभन्दा बढी दर्शकले हेरिसकेका छन् भने अझै पनि यो गीत लोकप्रिय छ । यिनै चर्चित बालगायिका जिग्मेको पछिल्लो ‘हाम्रो यी साना आँखा’ बोललाई पनि दर्शक श्रोताले रुचाएका छन् । यस गीतलाई पुरुषोत्तम ढुंगेलले लेखेका हुन् भने संगीत हेम थामीले गरेका हुन् ।
राजेन्द्र महर्जनले निर्देशन गरेको यस भिडियोमा गायिका जिग्मे आफैले पनि अभिनय गरेकी छन् । साथै यस गीतको भिडियोमा विभिन्न बालकलाकारको अभिनय हेर्न सकिन्छ ।

ह्याप्पी हाउस प्रोडक्शनले निर्माण गरेको यस भिडियोलाई बालगायिका जिग्मेले आफ्नै अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फेरेऊ अरे’ गीतमार्फत गायन क्षेत्रमा ‘आइकन’का रुपमा आफूलाई चिनाएकी जिग्मको पछिल्ल्लो गीत निकै कर्णप्रिय छ । जसले गर्दा जिग्मे यस गीतबाट फेरि एकपटक नेपाली सांगीतिक क्षेत्रमा चर्चामा आउने अपेक्षा उनको परिवारले गरेका छन् ।

Comments