रिलिज हुन साथ दर्शकको रोजाईमा पर्यो समाजसेवी गायक पूर्ण लिम्बुको “सानु माया” (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, १८ पुष बुधबार
no img

स्क्रीननेपाल डटकम :
केहि दिन अगाडी मात्र युटुबमा रिलिज गरिएको समाजसेवी गायक पूर्ण लिम्बुको नया गीत “सानु माया” ले यति बेला धेरै दर्शकहरुको साथ पाईरहेको छ । निकै कम समयमा युटुबमा धेरै दर्शकहरुले यस गीतको भिडियोलाई हेरेर मनपराई रहनु भएको छ । गीत आफैमा सुन्दर रहेको छ गीतको भिडियो उत्तिकै आकर्षक बनेको छ । भिडियोमा नायक आकाश श्रेष्ठ र वर्षा शिवाकोटीको अभिनय रहेको छ जो कि धेरै राम्रो देखिएको छ |

चर्चित फिल्म निर्देशक मिलन चाम्सको निर्देशनमा उक्त भिडियो तयार भएको हो । भिडियोमा नायक आकाश श्रेष्ठ र वर्षा शिवाकोटीको अभिनय रहेको छ । सुदिप बरालको छायांकन रहेको भिडियोमा अहिलेका चर्चित नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चाम्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस भिडियोमा वर्षा र आकाशको जोडी निकै सुन्दर देखिएको छ भने निर्देशन र छायांकनको हिसाबले भिडियो कुनै चलचित्रको गीतको भिडियो भन्दा कम देखिदैन ।

गीतमा स्वरमा पूर्ण लिम्बुलाई अहिलेकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन् | प्रेम कृष्ण बजगाईंको शब्द र संगीत रहेको यस गीतमा शिला बहादुर मोक्तानको संगीत संयोजन रहेको छ । गीत संगीतको माध्यमबाट पनि समाजमा नया कुराको परिवर्तन गर्न सकिन्छ र समाज रुपान्तरण पनि गर्न सकिन्छ भन्ने विश्वास बोकेर नेपाली गीत संगीतलाई अंगालेर निरन्तर यस क्षेत्रमा लागिपर्ने व्यक्ति हुन् गायक पूर्ण लिम्बु । बेलायती भूपू सैनिक उनको इतिहास हो तर बेलायतको विलाशी जीवन छाडेर उनि नेपालमा समाज सेवा गर्नको लागि आए ।

हुन त उनि विभिन्न संघ संस्थाहरुमा आबद्ध छन् तर उनको परिचय भने गोर्खा वेलफेयर ट्रस्टबाट हुन्छ । देशको विभिन्न भागमा गएर सामाजिक कार्यमा उनि आबद्ध हुनुको साथै धेरै दुखीहरुलाई राहत र सहयोग समेत उनले गरेका छन् । गीत संगीत उनको मनको इच्छा हो त्यसैले त उनले समाजसेवा र गीत संगीतलाई संग संगै लिएर अगाडी बढिरहेका छन् । उनले गन्तिको हिसाबमा कुरा गर्ने हो भने धेरै गीत बजारमा लिएर आएका छैनन् । तर जति गीत उनका बजारमा आएका छन् ति सबै गीतले केहि बिशेष संदेश प्रवाह गरेको छ ।

समाजको समस्यालाई चित्रण गर्दै त्यसको समाधानको बाटो पनि औल्याएको छ । तर यसपटक उनले दर्शक श्रोताको चाहनालाई मध्य नजर गर्दै आफ्नो विधालाई केहि हद सम्म परिवर्तन गर्ने कोशिश गरेका छन् । यहि अनुरुप उनले “सानु माया” बोलको गीत बजारमा सार्वजनिक गरेका हुन् । यो गीत उनले प्राय गरिरहने गीतहरु भन्दा फरक छ । आफ्नो गीतलाई यति बेला युटुब तथा सामाजिक संजालमा मनपराउनु भएकोमा गायक पूर्ण लिम्बुले सबै दर्शक श्रोताहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरेका छन् ।

यस्तै उनले आगामी दिन पनि राम्रो राम्रो प्रस्तुति बजारमा लिएर आउने बताएका छन् । यस्तै उनले दर्शक श्रोताको माया र साथको आवश्यकता आफुलाई अधिक रहेको भन्दै सल्लहा सुझाब दिनुहुनको लागि उनले सबै संग अनुरोध गरेका छन् ।

हेर्नुस भिडियो :

Comments