२०१९ मै मेरो स्वयम्बर हुन्छ : कोमल ओली
screennepal
प्रकाशित: २०७५, १७ पुष मंगलवार
no img

राष्ट्रिय सभाकी सांसद कोमल वलीले आफ्नो यही स्न २०१९ भित्रै स्वयम्बर हुने खुलासा गरेकी छन् । मंगलबार राजधानीमा गुरु मञ्जरी गु्रपद्धारा सञ्चालित ‘माइस्वयम्वर डटकम’को उद्घाट्न गर्दै वलीले यस्तो बताएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले भनिन्, ‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकम सार्वजनिक गर्नुपरेको छ, यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो ? २०१९ को पहिलो दिनमा माइस्वयम्बर डटकमको उद्घाटन गरेकी छु, यो साल वर भेटिने छ । मेरो पनि यही साल स्वयम्बर हुन्छ ।’
सांसद वलीले हिन्दु धर्म वैज्ञानिक रहेको बताएकी छन् । उनले भनिन्, ‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दापनि अगाडि छ । हाम्रो संस्कृति, हिन्दुधर्म विज्ञानमा आधारित छ, विज्ञानभन्दा पहिले छ, हामी नेपाली हिन्दु महिलाहरु मंगलबार बर्त बस्छौं, हिन्दु परम्पराले शरिरलाई स्वस्थ र मजबुद बनाउँछ भन्ने छ ।’
मंगलबा टोपी दिवस परेको सुनाउँदै उनले आफ्नो संस्कारलाई बचाइराख्नको लागि सबैले प्रयास थाल्नुपर्ने बताइन् । उनले भनिन्, ‘हिन्दुधर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दु कर्मकाण्डबाट विवाह गरिन्छ ।’

Comments