४ जनवरीमा इजरायलमा गुञ्जिँदै रुकमान
screennepal
प्रकाशित: २०७५, १६ पुष सोमबार
no img

गायक तथा मोडल रुकमान लिम्बू डेढ सातायता इजरायलमा छन् । ‘हाक्पारे पालम ख्याली’जस्ता चर्चित गीतका गायक रुकमान यही ४ जनवरीमा इजरायलमा रहेका नेपाली दर्शक तथा श्रोतामाझ गुञ्जिँदैछन् । उनी तमु समाज इजरालको प्रस्तुतीमा ल्होसार विशेष कार्यक्रममा प्रस्तुत हुन लागेका हुन् ।
केही समयअघि किरात याक्थुङ चुम्लुङ इजरायलको निम्तोमा चासोक तङ्नाम सांगीतिक साँझमा सहभागी हुन इजरायल पुगेका रुकमानले पहिलोपटक नै त्यहाँ रहेका नेपाली दर्शक तथा श्रोताको मन जित्न सफल भएका थिए ।
मोडल तथा अभिनेता समेत रहेका रुकमान पुर्वेली लोकभाकासँगै पप तथा हाक्पारे गीतका निकै चर्चित । केही समयअघि मात्र सालैजो गीत सार्वजनिक गरेर चर्चामा आएका रुकमानले त्यही गीतबाट आफलेू सबै प्रकारका गीत गाउन सक्छु भन्ने प्रमाणित गरेका छन् ।
पहिलोपटक सांगीतिक कार्यक्रमको दौरानमा इजरायल पुगेका रुकमानले अनलाइनमा कुरा गर्दै भने, ‘यहाँ रहेका दर्शक तथा नेपालीहरुबाट एकदमै राम्रो रेस्पोन्स पाएको छु ।’ नेपाली गीतसंगीतमा लामो समयदेखि अहोरात्र संघर्ष र मिहिनेत गर्दै आएका रुकमान व्यवसायिक रुपमा पनि संगीतकर्मी हुन् । उनले रुबुशा क्रियशन नामक म्युजिक कम्पनी तथा यु–ट्युब च्यानलमार्फत नेपाली गीतसंगीतको प्रवद्र्धन तथा प्रचार गर्दै आएका छन् ।

Comments