निर्देशक चार्ली तामाङले तयार गरे यस्तो मार्मिक भिडियो, मलेसियामा बिछोडको पिंडा यस्तो
screennepal
प्रकाशित: २०७५, १४ पुष शनिबार
no img

स्क्रीननेपाल डटकम :
बिगत लामो समय देखि मलेसिया बसेर आफ्नो जीवन चरिया चलाउदै नेपाली कला क्षेत्रमा पनि उत्तिकै समय खर्चिरहेका चार्ली तामाङको निर्देशनमा तयार अर्को नया म्युजिक भिडियो यति बेला बजारमा रिलिज भईसकेको छ | हुन त उनि आफै पनि मोडल र डान्सर हुन तर पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा उनि सक्रिय रहेका छन् | उनकै छायांकन समेत रहेको यस्तो भिडियोलाई धिताल फिल्म्सले प्रस्तुत गरेको छ | “संसार” बोलको गीतमा संजय बिसी र हरिचन्द्र पौडेलको शब्द, मणिपाल राईको संगीत र मेगा मगरको स्वर समावेश रहेको छ |

मलेसियामा नै यस भिडियोको सम्पूर्ण छायांकन गरिएको हो | भिडियोमा दृष्टि लिम्बु र मैत गजमेरको अभिनय रहेको छ | आधुनिक शैलीको यस गीतमा प्रेम र बिछोडको भाव प्रस्तुत गर्न खोजिएको छ | यहि अनुरुप निर्देशक चार्ली तामाङले पनि यस भिडियोमा मार्मिक कन्सेप्ट समेट्न खोजेका छन् | दर्शकहरुको लागि आफुले सक्दो कुरा प्रस्तुत गर्न खोजेको र यसलाई सहि ढंगले मुल्यांकन गरिदिनुहुन्छ भन्ने विश्वास आफुले लिएको उनले बताएका छन् |

मलेसिया उनको बसाई छ तर पनि कला क्षेत्र संगको नजिकपन उत्तिकै छ उनको यहि कारण त उनले निरन्तर एक पछि अर्को म्युजिक भिडियो बजारमा प्रस्तुत गरेका छन् | हुन त उनको प्रस्तुतिमा केहि कमि कमजोरी अवश्य होला यसको मुल्यांकन दर्शकहरुले गर्नुहुनेछ तर पनि उनको लगनशीलता र मेहेनतको प्रशंसा भने अवश्य पनि गर्नु नै पर्छ | विदेशमा बसेर यो गतिमा आफुलाई अगाडी बढाउनु सानो कुरा भने होइन | दर्शकहरुको माया र साथले आफु अझै अगाडी बढ्न सक्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

हेर्नुस भिडियो :

Comments