रहेनन् ‘पिँढीमा बसेर मेरै बाटो हेरेर’का गायक | Screennepal

रहेनन् ‘पिँढीमा बसेर मेरै बाटो हेरेर’का गायक

‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’जस्ता कालजयी लोक गीतका गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ ।
बिरामीले घरमै थला परेर बसेका ६३ वर्षीय लामिछानेको शुक्रबार आफ्नै निवासमा निधन भएको हो । चाँगुनारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिएका लामिछानेको निधन भएको उनकी छोरी सम्झनाले जनाएकी हुन् ।
‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’, ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, ‘फाँटेको दौरा लाएर, खोले सिस्नु खाएर’जस्ता चर्चित गीतका गायक लामिछानेको पछिल्लो समय निमोनियाको समेत उपचार भइरहेको थियो । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।



Facebook Comment