हँसाउने र नचाउँने न्युयोर्कको एक ठाउँमा भेटिए (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७५, १३ पुष शुक्रबार
no img

अमेरिकाको न्युयोर्क सहरमा आयोजित कार्यक्रममा चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ बुट्टे झोला भिरेर स्टेज झुल्किँन नपाउँदै हाँसोको फोर्रा छुट्यो । तक्मेबुढा पेट मिचिमिचि हँसाएका दर्शकलाई गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई भने आफूसँगै नचाएका थिए ।


प्रशंग, हालै न्युयोर्कमा आयोजित ‘सुम्निमा साँझ–१०’को हो, जहाँ नेपालबाट गएका हाँस्य विल्सन विक्रम राई (तक्मेबुढा) र केही समययता अमेरिकामा बस्दै आएका गायक भुवन सुप्तिहाङ राई र विनोद राईले हलमा जम्मा भएका दर्शकलाई हँसाउन र नचाउन सफल भएका छन् ।
कार्यक्रममा तक्मेबुढाले ज्याक्सन हाइट र आसपासमा भोगेका र देखेका कुरालाई आफनो हास्यशैलीमा प्रस्तुत गरेका थिए भने गायक सुप्तिहाङले आफ्ना चर्चित गीतहरु गाएका थिए । किरातीहरुको विशेष पर्व उधौलीको अवसरमा आयोजित कार्यक्रममा रहमाइलो गर्न भेला भएका नेपाली दर्शकबाट उनीहरूले वाहवाहीसँगै ‘वान्स मोर वान्स मोर’ समेत पाए ।


सयौँ गीतमा स्वर तथा संगीतका दिइसकेका गायक सुप्तिहाङले प्रस्तुति गरिसकेपछि पुनः तक्मेबुडा प्रस्तुत भएका छन् । यी तीन जना कलाकार पहिलोपटक न्युयोर्कको एउटै स्टेजमा देखिएका हुन् । कार्यक्रम सकिएपछि प्रतिक्रिया दिँदै गायक भुवनले भने, ‘कार्यक्रम एकदमै राम्रो भयो ।’


अमेरिकामा बस्दै आएका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने हेतुले आयोजना गरिएको कार्यक्रममा कोलोराडोबाट केआरएसएका अध्यक्ष चन्द्र राई र भर्मनबाट बोर्ड चेयर प्रमोद थुलुङ सहभागी भएको कार्यक्रमको प्रमुख आथितिका रुपमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष मान राना मगर रहेका थिए । तीन जना कलाकारलाई केआरएसएले सम्मान गरेको थियो ।
कार्यक्रमबाट बचेको पैसा किराँत राईहरूको पवित्र चुल्हा घर– मांख्मि (किराँत सांस्कृतिक भवन) स्थापनामा खर्च गर्ने आयोजकको भनाइ छ ।

Comments