प्रियंका सिंहले खोलिन “गरुड पुराण” को रहस्य, नाजिर र कर्मा संग यस्तो रमाइलो (भिडियो सहित)
screennepal
प्रकाशित: २०७५, ११ पुष बुधबार
no img

स्क्रीननेपाल डटकम :
“गरुड पुराण ” यहि माघ ४ गते देखि देशभर एकसाथ प्रदर्शन हुन लागेको एक चलचित्र | अहिले यो चलचित्रको निकै चर्चा छ | चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिएको छ | चलचित्रलाई लिएर दर्शकहरुको अपेक्षा सकारात्मक देखिन्छ | तर चलचित्रले के कस्तो जादु चलाउने हो त्यो भने माघ ४ गते नै थाहा हुनेछ |

चलचित्रमा कर्मा, नाजिर हुसेन, प्रियंका सिंह, कामेश्वोर चौरासिया लगायतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रकी नायिका प्रियंका सिंह जसले यसै चलचित्रबाट डेब्यु गर्दैछिन् | उनको यो पहिलो चलचित्र हो | तर पनि ट्रेलरमा हेर्दा उनको अभिनय डेब्यु जस्तो लाग्दैन | उनले सक्दो आफुलाई निकै अब्बल तरिकाले चलचित्रमा प्रस्तुत गर्ने प्रयास गरेकी छिन् |

सुन्दर रुप र नृत्यको राम्रो खुबी उनि भित्र रहेको छ | उनै नव नायिका प्रियंका सिंह संग दर्पण मिडियाले अन्तर्वार्ता लिएको छ | अन्तर्वार्तामा उनले धेरै कुरा खोलेकी छिन् | चलचित्रको अनुभव संगै आफ्नो जीवनको धेरै कुरा उनले खुलाएकी छिन् |

हेर्नुस यो अन्तर्वार्ता :

Comments