अन्तर्वार्तामै सुशान्त र अफ्सनाले यस्तो रमाइलो गरे, सुशान्तको सिक्स प्याकमा फिदा अफ्सना
screennepal
प्रकाशित: २०७५, ९ पुष सोमबार
no img

स्क्रीननेपाल डटकम :
पछिल्लो समय नेपाली चलचित्र निर्माण हुने क्रम बढ्दो छ | यहि अनुरुप कलाकारहरु पनि दर्शकहरुलाई कसरी रिझाउने भन्ने विषयमा बढी ध्यान दिन थालेको देखिन्छ | यहि अनुरुप नायकहरुको सुचिमा पर्ने एक नाम हो सुशान्त कार्की | सुन्दर नृत्य गर्ने र अभिनय क्षेमता पनि राम्रो रहेको यी नायक पछिल्लो समय केहि नया ढंगले दर्शक माझ आउने कोशिश गरिरहेका छन् |

यहि अनुरुप उनि अभिनित “रुमालै छ चिनो” नामक चलचित्रको ट्रेलर सार्वजनिक भएको छ | ट्रेलरमा उनको सिक्स प्याक सुन्दर शरीर पनि देख्न सकिन्छ | दर्शकहरुलाई आकर्षण गर्ने एउटा कुरा त्यो पनि हुन सक्छ | आफुलाई निकै मेहेनत गरेर उक्त शरीर बनाएको र दर्शकहरुको लागि नै आफुले यो सब गरिरहेको उनको भनाई रहेको छ |

चलचित्रमा उनि संग नव नायिका अफ्सना थापाको पनि अभिनय रहेको छ | डान्सबाट कला क्षेत्रमा प्रवेश गरेकी उनले अभिनयमा आफुलाई निखार्दै लागिरहेको बताएका छिन् | यी २ जोडी संग दर्पण मिडियाले एक अन्तर्वार्ता लिएको छ जसमा दुबैले धेरै कुरा खुलाएका छन् |

हेर्नुस यो अन्तर्वार्ता :

Comments