२२ लाखको तिरिमिरी… (यस्तो बन्यो भिडियो)
screennepal
प्रकाशित: २०७५, ८ पुष आईतवार
no img

नेपाली फिल्म ‘रणवीर’को ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बोलको गीत सार्वजनिक गरिएको छ । केही दिनअघि मात्र छायांकन गरिएको यो गीत शनिबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा राजनराज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ । यसको शब्द र संगीत राजनराजले नै सृजना गरेका हुन् । यो गीतलाई रामजी लामिछानले कोरियोग्राफी गरेका हुन् । गीतलाई बाबु श्रेष्ठले खिचेको हुन् ।
नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायाँकन गरिएको यस गीतमा फिल्मका तीन मुख्य कलाकार सुशील सिटौला र डेब्यु नायिकाद्धय शुभेच्छा खड्का र सुपुष्पा भट्टले १५० भन्दा बढी कोरससँग नृत्य गरेका छन् । निर्माण पक्षको अनुसार यस गीतको छायाँकन झन्डै ५ दिन गरिएको थियो । यो फिल्मको सेटमा २२ लाख खर्च भएको थियो ।
प्रेम कथामा आधारित यो फिल्ममा सुशील, सुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेललगायतका कलाकारको अभिनय छ । गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले निर्माण गरेको यो फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

Comments