आशाका आश लाग्दा दुई एल्बम (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २९ मंसिर शनिबार
no img

गीतकार तथा गायिका आशा सुहाङ लिम्बूले एकसाथ दुई एल्बम ल्याएकी छन् । मोडलसमेत रहेकी आशाका गीत एल्बम ‘आदित्य’ र लिम्बू भाषाको ‘सुम्निया’ राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
नेपाल वाङ्मय परिषद्द्वारा आयोजित कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका निर्वतमान सदस्य सचिव तथा बरिष्ठ गायक गणेश रसिक र चर्चित गायक राजेशपायल राईलगायतले एल्बम सार्वजनिक गरेका थिए । एल्बम सार्वजनिक गर्दै गायक रसिकले गीतकार तथा गायिका आशाको संगीतप्रतिको लगावलाई प्रशंसा गरे । रसिकले भने, ‘विदेशमा बसेर पनि नेपाली गीतसंगीतलाई निन्तरता दिनु हामी सबै संगीतकर्मीका लागि सुखद् कुरा हो ।’ गीतकार आशा केही वर्षयता अमेरिकाको हवाइ राज्यमा बस्दै आएकी छन् ।


कार्यक्रममा एल्बममा समाविष्ट दुई गीतको भिडियो प्रिमियर गरिएको थियो । एबी किरात नेपालले बजारमा ल्याएको एल्बम ‘आदित्य’मा नलेखेको, तिमीले छोडी, जुन हे¥यो, टुट्ने छैन, जुनेली रातमा लगायत ६ वटा गीत रहेका छन् । जसमा राजेशपायल राई, दीपक लिम्बू, ताराप्रकाश लिम्बू, मेलिना राई, ब्रविम शेर्मा, पुर्णिमा लामा र आशाकै स्वर रहेको छ । त्यस्तै, लिम्बू भाषाको एल्बम ‘सुम्निया’मा पनि ६ वटा लिम्बू भाषाका गीत समोवश छन् ।
कार्यक्रममा गीतकार तथा गायिका आशाले नेपालीहरु जहाँसुकै पुगेपनि आफ्नो भाषा संस्कृतिलाई माया गर्ने भएकाले आफू पनि सोही बाटोमा आएको बताइन् । उनले भनिन्, ‘रहर र इच्छा जहाँ पुगेपनि रोक्न सकिँदैन । त्यही भएर म जहाँ भएपनि नेपाली गीतसंगीतमा निरन्तर रहने छु ।
परिषद्का अध्यक्ष तथा कवि शशी लुमुम्बुको सभापतित्व आयोजित कार्यक्रममा संघीय लिम्बुवान मञ्चका कुमार लिङ्देन, संगीतकार अशोक लोहरुङ राईलगायतका सर्जकको उपस्थिति थियो ।

Comments