डेढ महिनादेखि युकेमा के गर्दैछिन् अमृता ?
screennepal
प्रकाशित: २०७५, २६ मंसिर बुधबार
no img

काठमाडौं । गायिका तथा मोडल अमृता सम्बाहाम्फे लिम्बू युकेमा भ्याइनभ्याई छिन् । करिब डेढ महिनाअघि सांगीतिक कार्यक्रमको दौरानमा त्यहाँ पुगेका अमृताले यस अवधिमा एक दर्जनभन्दा बढी स्थानमा कार्यक्रम गर्न भ्याइसकेकी छन् । अझै केही स्थान कार्यक्रम गर्न बाँकी नै रहेको उनले सुनाइन् ।
यस वर्षको दशैँसमेत युकेमै मनाएकी गायिका अमृताले भनिन्, ‘यहाँ आएपछि कार्यक्रमहरुमै व्यस्त हुँदै आएकी छु । अझै केही स्थानमा कार्यक्रम तय भएको छ ।’ करिब डेढ महिने युके बसाइँका क्रममा अमृताको लुक्ससमेत चेञ्ज भएको छ । उनले भनिन्, ‘यहाँको हावापानी र नेपालीको मायाले गर्दा केही मोटाएको फिल भइरहेको छ ।’


पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चम्किँरहेकी अमृता एक कुसल मोडल पनि हुन् । उनलाई गायकसँगै मोडलिङमा समेत प्रस्ताव आउने गरेको छ । तर, अहिलेसम्म प्राय आफ्नै गीतमा मात्र मोडलिङ गर्दै आएकी अमृता पहिलोपटक कार्यक्रमको सिसिलामा युके पुगेकी हुन् । आफ्नो पहिलो युके यात्रामै त्यहाँ रहेका नेपालीको मन जित्न सफल भएकी अमृताले भनिन्, ‘कलाकार हुनुको महत्व विदेशमा आएपछि थाहा हुँदोरहेछ । यहाँ सबैजनाले माया र साथ दिनुभएको छ । एददमै खुसी लागिरहेको छ ।’


अमृताले बेलायतको विभिन्न स्थान र सहरमा एकल कार्यक्रम गर्न भ्याएकी छन् । उनले युकेको अक्सफोर्ड, रश्मोर, लण्डन, आक्सफोर्ट, अल्डरसर्ट, बेइजिङस्टक, डनकास्टर, रिडिङ दर्जनौं सहरलगायत आयरल्याडमा समेत कार्यक्रम गरेको बताइन् ।
पछिल्लो केही महिनायता नेपालमा नदेखिएपछि नेपालमा उनको खोजीसमेत हुन थालेको छ । कार्यक्रमको सिलसिलामा अमृता युकेमा व्यस्त रहेको थाहा नपाएका दर्शक तथा श्रोताको कौतुहलतालाई मेटाइदिने उद्देश्यले उनलाई यहाँ प्रस्तुत गरिएको हो । उनले अनलाइनमा कुराकानी गर्दै डेढ महिनायता आफू युकेमै व्यस्त रहेको र चाँडै नेपाल आएर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिने बताइन् । उनले आउँदो २० जनवरीमा नेपाल आउँने बताउँदै भनिन्, ‘नेपाल आउनेवित्तिकै म्युजिक भिडियो बनाउँदै छु । त्यसपछि मेरो सांगीतिक यात्रा पुरानै रफ्तारमा अगाडि बढ्नेछ ।’

Comments