टप १२ बाटै बाहिरिइन् शृंखला
screennepal
प्रकाशित: २०७५, २२ मंसिर शनिबार
no img

काठमाडौं । ‘मिस नेपाल’ श्रृखला खतिवडा ‘मिस वल्र्ड–२०१८’को टप १२ बाटै बाहिरिएकी छन् । ‘मिस वल्र्ड’को दावेदारका रुपमा रहेकी शृंखला शनिबार आयोजित ‘मिस वल्र्ड’को टप १२ बाट बाहिरिएकी हुन् ।
उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेका थिए ।
यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् । यो समाचार बनाइरहँदा प्रतियोगिता जारी छ ।

Comments