१ नम्बर ट्रेण्डिङमा तिम्ले बाटो फे-यौ अरे-२ : ‘ट्युनिङ गर्न डेढ महिना लाग्यो’
screennepal
प्रकाशित: २०७५, २१ मंसिर शुक्रबार
no img

यो साता यु–ट्युबमा रिलिज गरिएका गीतमध्ये अग्रपंक्ति छ, ‘तिम्ले बाटो फे-यौ अरे–२’ । यो गीत गीतकार दर्पण राईको चर्चित गीत ‘तिम्ले बाटो फे-यौ अरे’को सिक्वेल हो । दर्शक/श्रोताले ‘तिम्ले बाटो फे¥यौ अरे–२’लाई अत्याधि रुचाएका छन् । जसले गर्दा यो गीत यु–ट्युबमा १ नम्बर टेण्डिङमा पर्न सफल भएको छ ।
५० नम्बरबाट लागार माथि उक्लिँदै १ नम्बरसम्म आइपुगेको यो गीत पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले गाएकी हुन् । यो गीतको भ्युअर्ससँगै लोकप्रियता पनि उस्तै बढ्दै गएको छ । आखिर किन यो गीत दर्शक तथा श्रोताले रुचाए त ? यस सन्दर्भका गीतकार दर्पण र संगीतकार विक्रम राईको भनाई एउटै छ । उनीहरु भन्छन्, ‘सरल शब्द चयन र फरक ट्युनिङका कारण रुचाइएको हुनसक्छ ।’
हो, यस ‘तिम्ले बाटो फे-यौ अरे–२’ को गीतको शब्द र सरल र सहज भाषामा लेखिएका छ । तर, फरक ट्युनिङले गर्दा गीत तयार गर्न भने निकै समय लागेको छ । दर्शक÷श्रोताले यो गीतको भिडियो हेर्दै जाँदा ‘वाह, ट्रेण्डिङमा’ भन्न जति सजिलो छ, त्यति नै यो गीतको ट्युनिङ गर्न यस गीतकार संगीतकार विक्रमले समय खर्चेका छन् । प्रथम नेपाल आइडल तथा गायकसमेत रहेका विक्रमले भने, ‘यो गीतको ट्युनिङ गर्न मलाई डेढ महिना लागेको थियो । तर, जब ट्युनिङ पूरा गरेर गीतकार दर्पणलाई सुनाए, उहाँले ‘ओके’ गर्नुभयो ।’

अहिले यो गीतको जताततै चर्चा भइरहेको छ । तर, संगीतकारको चर्चा खाशै गरिएको छैन । त्यसैले यहाँ ‘तिम्ले बाटो फे-यौ अरे–२’का संगीतकारको चर्चा गरिएको मात्र हो । विक्रम राई आफै एक कुसल गायक हुन् । साथै, उनले सयौँ गीतहरु ट्युनिङ गरिसकेका छन् । तर, पछिल्लो यो गीत नेपाली सांगीतिक क्षेत्रमा ब्लकबस्टर बनेको छ । ‘तिम्ले बाटो फे¥यौ अरे’ गीतले यसअघि नै गीतकार दर्पण र गायिका मेलिनालाई चर्चा ल्याएको थियो । त्यसैले यसपटक उनीहरुका लागि थप चर्चा मात्रै हो । तर, संगीतकार विक्रम राईका लागि सांगीतिक क्षेत्रको ‘टर्निङ प्वाइन्ट’ अवश्य पनि हुनसक्छ । यो कुुरा विक्रम पनि स्वीकार्छन् । उनी भन्छन्, ‘मैले यसअघि पनि धेरै गीत संगीत गरेको छु । तर, यसरी ब्लकबस्टर चाहिँ भएन ।’
एउट गीत हिट हुनका लागि गीतकार, गायक/गायिका र संगीतकारदेखि लिएर एरेञ्जरसम्मको हात हुन्छ । त्यस्तै यो गीतले त्यो मौका पाएको छ । मोडल तथा म्युजिक भिडियो निर्देशक समेत रहेका गीतकार दर्पणले भने, ‘मैले पनि यो गीतको संगीत गर्न विक्रम राईलाई आँखा चिम्लेर दिएको हुँ किनकि उहाँप्रति मेरो एउटा विश्वास थियो ।’ यो गीत दर्पणको महत्वकांक्षी प्रोजेक्ट पनि हो । भनिन्छ, ‘बेला बेला आँखा चिम्मलेर गरिएको निर्णयले बाजी मर्छ’ त्यस्तै, दर्पणको विश्वासमा संगीतकार विक्रमले साथ दिएपछि आज यो टिमलाई नै सफलता मिलेको छ ।

Comments