दर्शकलाई ‘प्रसाद’सँगै ‘झिल्के’
screennepal
प्रकाशित: २०७५, २१ मंसिर शुक्रबार
no img

शुक्रबार आज सिनेमा हलमा दुई नेपाली फिल्म ‘प्रसाद’ र ‘झिल्के’ रिलिज भएको छ । दर्शकले फिल्म ‘प्रसाद’मा निःसन्तान दम्पत्तिको कथा हेर्न पाउनेछन् भने ‘झिल्के’मा प्रेमकथा । अधिकांश फिल्मका प्रेमिल जोडी कथा हेर्दै आएका दर्शकका लागि ‘प्रसाद’ केही नयाँ स्वाद हुनसक्छ ।
फिल्म ‘प्रसाद’लाई रंग पत्रकार सुशील पौडेलले लेखेका हुन् । जसको निर्देशन दिनेश राउतले गरेका छन् । ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ । फिल्ममा विपिन र नम्रताले निःसन्तान दम्पत्तिको भूमिकामा देखिएका छन् ।
सुवास थापाको लगानी रहेको ‘प्रसाद’मा राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल र कोशिष क्षेत्रीको संगीत रहेको छ । फिल्मले गत बुधबार साँझ राजधानीमा प्रिमियर शो गरेको थियो । फिल्म हेर्ने अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
त्यस्तै लक्ष्मण योञ्जन तामाङको कथा तथा निर्देशक रहेको फिल्म ‘झिल्के’मा पुष्कर गौतम, झरना थापा, राजमाझी दाहाल, राजकुमार र राजिवलगायतका कलाकारहरूको अभिनय रहेको छ । भीम बस्नेत, कुन्दन राई, देवेश राई र गणेश रिजालले निर्माण गरेको फिल्ममा सुमन तामाङको छायांकन छ ।

Comments