त्यतिखेर दर्पणले भने, ‘हो र सर ?’ (नभए ट्रेण्डिङ भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७५, २० मंसिर बिहीबार
no img

काठमाडौं । ‘को-यो कि बल्यो’ भन्ने विज्ञापन सुन्न भएको छ ?’ करिब सातादिनअघि गीतकार दर्पण राईलाई स्क्रीन नेपालले अनौपचारिक प्रश्न गरेको थियो । जवाफमा दर्पणले भने, ‘खै सर, मलाई त थाहा भएन ।’
‘यो एउटा सलाईको विज्ञापन हो, जसलाई अहिले तपाइँसँग तुलना गरिँदोरहेछ नि’ स्क्रीन नेपाल भन्यो । दर्पण अचम्मित भए, ‘हो र, कसरी पो ?’ उल्टै प्रश्न गरेका थिए । यस्तै हो यहाँ । कतिपय आफ्नोबारे बजारमा भएको हल्ला आफूलाई थाहा हुन्न ।
त्यस्तै, दर्पणलाई थाहा नभएको हल्ला जानकारी गराउँदै भने, ‘दर्पणले लेखेका हरेक गीत हिट हुन्छ भनेर त्यो विज्ञापनसँग तपाइँलाई सांगीतिक बजारमा तुलना गरिएको रहेछ ।’ यो सुनेपछि खुसी हुँदै उनी मुसुक्क हाँस्दै भने, ‘हो र सर ? राम्रै चर्चा पो चल्या रहेछ ।’

त्यतिखेर दर्पण आफ्नो हिट गीत ‘तिम्ले बाटो फे¥यौ अरे’को सिक्वेल सार्वजनिक गर्ने तयारी गर्दैथिए । जसले गर्दा उनी केही तनाव र केही खुसी देखिएका थिए । ‘तिम्ले बाटो फे¥यौ अरे–२’ तयारी गरेकामा उनी खुसी थिए भने कतै पहिलेजस्तै गीत दर्शक तथा श्रोता मन पराउने हुन् वा होइन भन्ने कुराले उनलाई तनाव थियो । अन्ततः उनलाई खुसीले जितेको छ ।
‘तिम्ले बाटो फे-यौ अरे–२’ लगातार ट्रेण्डिङमा माथि उक्लिँदैछ । जसमा गीतकार दर्पण फुरुङ भएका छन् । र, उनी भन्छन्, ‘जेहोस् यसपटक पनि गीत रुचाए । यसमा मेरा दर्शक तथा श्रोताप्रति आभारी छु ।’
अहिले चर्चित गायिका मेलिना राईले गाएको यो पछिल्लो गीतलाई ४८ घण्टामा करिब साढे पाँचले हेरिसकेका छन् । यस गीतलाई गायक विक्रम राईले संगीत गरेका हुन् । यो लेख बनाइरहँदा ६ नम्बर ट्रेण्डिङमा गइरहेको छ यो गीत । यस्तै तरिकाले दर्शक र श्रोताको साथ पाउँदै गएमा यो गीत अब केही घण्टामा एक नम्बर ट्रेण्डिङमा पर्नेछ । यसमा मोडल समेत रहेका दर्पण पनि सहमत छन् । उनी थप्छन्, ‘पहिलो भन्दा पनि यसपटक पो हिट होला जस्तो देखियो ।’ यसअघि ‘तिम्ले बाटो फे¥यौ अरे’लाई विभिन्न यु–ट्युबमा संकलित भ्युअर्स तीन करोडमाथि पुगेको छ । र, नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय गीतमध्ये एक हो यो ।
यो लोकप्रिय गीतबारे धेरैलाई गीत नहुनु सक्छ । यो वास्तविक प्रेमवियोगको कथामा तयारी गरिएको गीत हो । तर, जसको बारेमा लेखिएको यो गीत लेखियो, उसलाई थाहा छैन । गीतकार दर्पणले भने यसै गीतबाट पहिचान बनाएका छन् । गीतकार दर्पणका अनुसार गीतको पात्र अहिले ‘डिसेबल’ भएका छन् । जसले गर्दा उनी गीत सुन्ने र सुनाउने अवस्थामा छैनन् ।

Comments