सालैजो भाकामा रुकमान र रेखाको लुकामारी… (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २० मंसिर बिहीबार
no img

‘हाक्पारे पालाम ख्याली’ गाएर चर्चामा आएका गायक तथा मोडल रुकमान लिम्बु यसपटक ‘सालैजा’ लिएर आएका छन् । ‘कोइली चरीले’ले बोलको सालैजो गीतलाई रुकमानले आफ्नै अफिसियल च्यानल ‘रुबुशा क्रियटिभ वर्कस’मार्फत सार्वजनिक गरेका हुन् ।
पुर्वेली लोकलयमा गाएको ‘हाक्पारे पालम ख्याली’मार्फत रुकमानले पुर्वी नेपालमा मात्र नभएर देशविदेशमा चर्चा पाएका थिए । त्यस्तै, गण्डक क्षेत्रको लोकप्रिय भाका ‘सालैजो’मार्फत यसपटक उनी दर्शक तथा श्रोताको मन मुटुमा मन जमर्को गरेका छन् । गीत निकै मिठास र कर्णप्रिय बनेको छ । यु–ट्युबमा भिडियो सार्वजनिक गरेसँगै सकरात्मक प्रतिक्रियाहरु आइरहेको गायक रुकमानले बताए ।

बसन्त वित्यासीको शब्दरचना तथा शशी गुरुङ वाङदेलको संगीत रहेको यस गीतमा रुकमानसँगै गायिका अमृता लिम्बू सम्बाहाम्फेले स्वर दिएकी छन् ।
रुबुशा क्रियटिभ वक्र्सको प्रस्तुति रहेको यस गीतको भिडियोलाई निर्देशन तथा कोरियाग्राफी युगल पोमुले गरेका हुन् । यस भिडियोमा गायक स्वयं तथा नायिका रेखा फागो र राम गुरुङले अभिनय गरेका छन् । भिडियोमा कलाकारहरु गुरुङ र मगर संस्कृति झल्काउने भेषभूषामा सजिएका छन् । ‘सालैजो’ गुरुङ र मगर समुदायको लोकप्रिय सांस्कृतिक भाका भएकाले पनि भिडियोमा उक्त समुदायको संस्कृति समेटिएको निर्माणपक्षको भनाइ छ । बुद्ध थापाको टिम छायाँकन रहेको यस भिडियोलाई सम्पादन विकास दाहालले गरेका हुन् ।

Comments