थ्री डी प्रविधिको बीच मिन बिष्टले तयार गरे “झ्याइँ झ्याइँ झ्याइँ”, बाजाहरुको मिश्रण अहिले सम्मकै नौलो
screennepal
प्रकाशित: २०७५, १९ मंसिर बुधबार
no img

स्क्रीननेपाल डटकम :
गीतको सानो अंश हो यो “यो मंसिर भित्र पारौं कि मित्र, सनईको सुरमा पंचको बीचमा झ्याइँ झ्याइँ झ्याइँ” | यति शब्दले नै मनमा फरक महसुस दिन्छ | अझ यो गीत नै सुन्ने हो भने त अवश्य केहि नया कुराको आभास सबैलाई गराउने हामी भन्न सक्छौ | यो केहि दिन अगाडी मात्र रिलिज भएको गीतको बोल हो जसलाई संगीतबद्ध मिन बिष्टले गरेका हुन् | पहिलोपटक उनले आधुनिक थ्री डी प्रविधिको प्रयोग गरेर यो गीत तयार गरेका हुन् | अरु गीतहरु भन्दा बेग्लै आनन्द यस गीत सुनेर आउछ |

सधै जसो केही न केही नौलो प्रयोग गरिरहन रुचाउने संगीतकार मिन बिष्टले यस पटक लोक शैलीको गीतलाई आधुनिक थ्री डी प्रविधिको बीच ढालेर फेरी नया कामको प्रमाण दिएका छन् | नेपाली परम्परागत बाजा-गाजा सहित गाउँघरको बिहेको माहौल याद गराउने “झ्याइँ झ्याइँ झ्याइँ” बोलको गीतमा शब्द जानु काम्बाङ लिम्बुको रहेको छ भने संगीत संयोजन कुमार थापाले गरेका हुन | गीतमा नम्रता राई र राम धिमालको स्वर दिएका छन् | गीतको संगीत मिन बिष्टले आफै गरेका हुन् |

गीतमा प्रयोग भएको शब्द निकै सशक्त रहेको छ साथमा बाजाहरुको मिश्रण तारिफयोग्य रहेको छ | परदेशमा रहेर बिहे गर्ने युवा कल्पनाको चित्रण गीतको शब्दमा गर्ने प्रयास गरिएको छ भने त्यहि अनुरुप नै उक्त सोचलाई संगीतमा नौलो तरिकाले ढाल्ने प्रयास समेत भएको छ | सबैको मेहेनत र लगावले नै यो फरक गीत तयार भएको हो | सुन्दा सुन्दै सकिएको थाहै नहुने यो मीठो गीत ५ मिनेटको रहेकोमा १ मिनेट सम्म गीत सुरु नै नहुनाले स्रोता झिंजो मान्न भने सक्छन् | तर त्यस पछिको आनन्द भने छुट्टै रहेको छ |

हेडफोन अनिवार्य लाएर सुन्ने आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको भान हुन्छ । गीत हेर्न भन्दा पनि सुन्न बनाउनु पर्छ भन्ने मान्यताले प्रेरित मिनले लिरिकल भिडियोमा ‘झ्याइँ झ्याइँ झ्याइँ” लाई लिरिकलको रुपमा युट्युबमा रिलिज गरेका छन् । नेपाली गीत संगीतलाई मन पराउने स्रोता दर्शकहरुले यो गीतलाई सुनेर मनपरे सबैको सामु पुर्याउनको लागि अनुरोध गर्दै सल्लाह र सुझावको अपेक्षा आफुले राखेको उनी बताउँछन् | आगामी दिन अझै नया खालको प्रस्तुति बजारमा लिएर आउने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् |

हेर्नुस भिडियो :

Comments