तिम्ले बाटो फे-यौ अरे–२ : आएलगत्तै चर्चामा ‘तिमीले खाएको कसम’ (भिडियो)
screennepal
प्रकाशित: २०७५, १८ मंसिर मंगलवार
no img

नेपाली ब्लकबस्टर गीत ‘तिम्ले बाटो फे-यौ अरे’को सेकेण्ड भर्सन ‘तिम्ले बाटो र्फेयौ अरे–२’ सार्वजनिक भएको छ । गीतकार दर्पण राईको लोकप्रिय उक्त गीतको शब्दमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईले स्वर दिएकी छन् । यो गीत सार्वजनिक गरेसँगै चर्चामा आएको छ ।
यसअघि पनि तिम्ले बाटो फे-यौ अरे गीतमा फिमेल भर्सन मेलिनाले नै गाएकी थिइन् । जसलाई एकदमै रुचाइएको थियो । नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय भएको यस गीतको सिक्वेल ‘तिमीले खाएको कसम साँचो भएको भए’ बोलको गीतलाई गायक तथा संगीतकार विक्रम राईले संगीत गरेका हुन् । यस गीतको भिडियोमा गीतकार तथा मोडल दर्पण राई नै फिचर्ड छन् । दर्शक तथा श्रोताको प्रतिक्षित ‘तिम्ले बाटो फे-यौ अरे–२’ गीतको भिडियोलाई फरकशैलीमा निर्माण गरिएको छ ।
भिडियोमा गायिका मेलिना नै मोडलका रुपमा देखिएकी छन् अर्थात गीतको भावमा मेलिनाको अन्तरभाव छ । नेपाली सांगीतिक क्षेत्रमा फरक प्रयोग गर्ने खप्पिस दर्पणको यो पछिल्लो गीत ‘तिमीले खाएको कसम साँचो भएको भए’ गीतलाई दर्शक श्रोताले पहिलेजस्तै रुचाएका छन् ।

यो गीतको भिडियो रिलिज गरिएको केही घण्टामै हजारौँले हेरिसकेका छन् । यो समाचार बनाइरहँदासम्म यस भिडियोलाई करिब एक लाखले हेरिसकेका छन् । यो सामान्य भ्युअर्स होइन । ‘तिम्ले बाटो फेर्यौ अरे’को दोस्रो गीतलाई लिएर गीतकार दर्पणसँगै गायिका मेलिना उत्साहित छिन् । ‘मलाई यो स्थानमा पुग्न तिम्ले बाटो फेर्यौ अरे’ले निकै सहयोग पुर्याएको छ’ मेलिना भन्छिन्, ‘यसपटक पनि यो गीत श्रोता दर्शकले रुचाएका छन् ।’
यस गीतको भिडियो पनि आकर्षक बनेको छ । शान थापाको निर्देशन रहेको भिडियोलाई अनिल के. मानन्धरले खिचेका हुन् भने भिडियोमा राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतकार दर्पणका अनुसार यो गीत वास्तविक प्रेम–वियोगमा आधारित गीत छ । जसले गर्दा पनि यो गीतलाई दर्शक श्रोताले रुचाएका छन् । यस गीतको भिडियोलाई एमएमएस इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।

Comments