‘सुम्निमा साँझ’ न्युयोर्कमा प्रस्तुत हुँदै यी तीन कलाकार
screennepal
प्रकाशित: २०७५, १६ मंसिर आईतवार
no img

अमेरिकाको न्युयोर्कमा हुन गइरहेको ‘सुम्निामा साँझ–१०’ मा हास्य कलाकार विल्सनविक्रम राई ‘तक्मे’, गायक भुवन सुप्तिहाङ राई र विनोद राई एकसाथ प्रस्तुत हुँदैछन् । किरात राई सोसाइटी अफ अमेरिकाले आउँदो २४ डिसेम्बरमा गर्ने उक्त सांस्कृतिक कार्यक्रम पहिलोपटक यी तीन कलाकार न्युयोर्कमा स्टेजमा प्रस्तुत हुन लागेका हुन् ।
किरात राई समुदायको सांस्कृतिक पर्व उधौली र उभौलीको अवसर पारेर हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको । किरात राई सोसाइटीले त्यसैको निरन्तरता दिँदै विशेष कार्यक्रम गर्न लागेको हो । ‘सुम्निमा साँझ’ आयोजना गर्न सुरु गरेको १० वर्ष पूरा गरेको अवसरमा यसपटक केआरएसएले ‘सुम्निमा साँझ– १०’ विशेष रूपमा मनाउन लागेको जनाएको छ ।
आयोजक समितिकी संयोजक निला राईका अनुसार ‘सुम्नमा साँझ–१० मा किराँत राईहरूको सांस्कृतिक कार्यक्रमका साथै, न्युयोर्कबासी नेपालीहरुलाई नयाँ स्वाद हुनेछ । हास्य कलाकार तक्मा बुढा, चर्चित गायकद्वय भुवन सुप्तिहाङ र विनोद राई उपस्थितले कार्यक्रममा विशेष हुने आयोजकको विश्वास छ ।
कार्यक्रम भव्य रूपमा सम्पन्न गर्नका लागि व्यापक तयारी भइरहेको संयोजक राईले बताइन् । केआरएसए न्युयोर्क च्याप्टरकी अध्यक्ष भारती राईका अनुसार ‘सुम्निमा साँझ’ राईहरूको मात्र नभएर न्युयोर्कमा बस्ने सबै नेपालीको विशेष साँझा बनाउने तयारी भइरहेको छ । कार्यक्रममा सांगीतिक प्रस्तुती, साकेला नृत्य र किराँत राईहरूको अतिरिक्त कार्यक्रमहरुले हुनेछ । कार्यक्रमबाट उठेको रकम किरात राईहरूको पवित्र चुल्हा घर (किराँत सांस्कृतिक भवन) स्थापनामा खर्च गरिने आयोजकको भनाइ छ ।

Comments