विवाहको जग : प्रियंका र निकको त्यो पहिलो भेट अनि मन्द हाँसो
screennepal
प्रकाशित: २०७५, १४ मंसिर शुक्रबार
no img

अमेरिकन गायक निक जोनासले पहिलोपटक बलिउड अभिनेत्री प्रियंका चोपडालाई देख्दा सोचेका थिए, ‘यी भारतीय अभिनेत्रीसँग बिहे गर्न पाए हुन्थ्यो ।’ त्यतिखेर निकले मनमा जे सोचका थिए, त्यो पुग्यो पनि । प्रियंका र निकको आज शुक्रबार जोधपुरमा संगीत सेरेमनी हुँदैछ । २ र ३ डिसेम्बरमा उनीहरु लगनगाँठो कस्दैछन् ।
हिन्दु र क्रिश्चियन परम्पराअनुसार जीवनभर साथ रहने कसम खाँदै गर्दा प्रियंका र निकबीचको प्रेम सम्बन्ध कसरी फस्टाएको थियो भन्ने केलाउन सान्दर्भिक छ । बलिउडकी चर्चित अभिनेत्री प्रियंका र अमेरिकन गायक निकले लगनगाँठो कसिरहँदा चर्चित फेसन म्याथजिन ‘भोग’ले उनीहरुसँग लामो अन्तरंग कुराकानी गरेको छ । जसमा आफूहरु विवाह गर्नेसम्म पुगेको अवस्था खुलासा गरेका छन् ।
लस एञ्जलसमा आयोजित ‘मेट गाला–२०१७’को रेड कार्पेट समारोहमा उनीहरु पहिलोपटक भेटेका थिए । त्यतिखेर प्रियंका हलिउडमा केही फिल्ममा काम गर्दै थिइन् । पहिलो भेटमा उनीहरुबीच ‘हाइहेल्लो’मात्र भएको थियो । तर, निकले त्यतिखेरै सोचेका थिए, ‘यी भारतीय अभिनेत्रसँग विवाह गर्न पाए हुन्थ्यो ।’


जोधपुरको उम्मेद भवन अहिले उनीहरुको विवाह समारोहका लागि सजाइसकिएको छ भने २ डिसेम्बरमा प्रियंकाले निकलाई सात फेरो गर्दैछिन् । ‘हाइहेल्लो’ हुँदै सात फेरोसम्म आइपुग्दा उनीहरु खुसी छन् ।
मेट गाला समारोहमा भएको पहिलो भेटलाई स्मरण गर्दै निकले भने, ‘त्यसपछि प्रियंकालाई दोस्रोपटक भेट्न म आतुर थिएँ किनकि उनी पहिलो भेटमै मेरो मनमा बसेकी थिइन् ।’ उनीहरुको दोस्रो भेट प्रियंकाको ‘बर्थ–डे’मा भयो । त्यही मौकामा निकले प्रियंकालाई लभ प्रपोज राखेका थिए । निकको प्रपोजलाई प्रियंकाले हाँसेर टारेकी थिइन् त्योबेला । प्रियंकाको मन्द हाँसोले अन्ततः उनीहरुका लागि लगनगाँठोको ढोका खुल्यो ।
बर्थ–डे पार्टीको भोलिपल्ट फेरि उनीहरु भेटिए, त्यतिखेर निकले फेरी प्रियंकालाई भने, ‘तिमी खुसी हुन्छौँ भने म विवाह गर्न तायर छु ।’ सुरुमा निकको प्रपोज सुनेर मौन रहेकी प्रियंकाको त्यो प्रश्नमा निकले भने, ‘यति तिमी खुसी हुन्छौ भने मेरो आपत्ति केही छैन ।’ यो कुरा उनीहरुले बिहीबार ‘भोग’सँगको कुराकानीमा खुलासा गरेका छन् । त्यो तेस्रो भेटमा प्रियंका निकसँग विवाह गर्न तयार भएकी थिइन् । त्यसपछि उनहरुको भेट बाक्लिँदै गयो । र, प्रियंकासँगै निक मुम्बई आए ।


अन्तर्वातामा प्रियंकाले कुराकानीमा राल्फ लारेनको गाउन लगाउने पनि खुलासा गरेकी छन् । जुन गाउन उनले ‘क्वान्टि’मा लगाएकी थिइन् । अब प्रियंका राल्फ लारेनको वेडिङ गाउन लगाउने पहिलो सेलेब्रेटी बन्दैछिन् ।
विवाह समारोहमा निकका केही नातेदार र साथी सामेल हुँदैछन् । जहाँ ८० जना भन्दा धेरै नहुने बताइएको छ । उनीहरुको दुईवटा रिसेप्शन हुने भएको छ । पहिलो रिसेप्शन फिल्म उद्योगका कलाकार र साथीहरुका लागि मुम्बईमा हुनेछ । दोस्रो रिसेप्शन पार्टी भने दिल्लीमा हुुने भएको छ, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा सहभागी हुँदैछन् ।
संगीत सेरेमनीका लागि प्रियंका कोरियोग्राफी गणेश हेगले गरेका छन् । प्रियंकाकी आमा मधु चोपडाले पनि संगीत सेरेमनीमा पर्फमेन्स गर्दैछिन् । संगीत सेरेमनीमा प्रियंका र निकले पनि पर्फमेन्स गर्दैछन् । प्रियंकाले कथक नृत्य गर्ने भएकी छन् भने निकले केही अंग्रेजी र हिन्दी गीतमा डान्स गर्ने भएका छन् । उनीहरुको पर्फमेन्स ४५ मिनेटको हुने बताइएको छ । (एजेन्सीको सहयोगमा)

Comments