सबेरै प्रियंका र निक जोधपुर पुगे…
screennepal
प्रकाशित: २०७५, १३ मंसिर बिहीबार
no img

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका हुनेवाला पति गायक निक जोनास बिहीबार सबेरै राजस्थानको जोधपुर एयरपार्टमा ओर्लिएका छन् । उनीहरु यहि २ र ३ डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछिन् । विवाहकै तयारी गर्नेक्रममा यी जोडी त्यहाँ पुगेका हुन् ।
यी जोडीको विवाह जोधपुरको उम्मेद भवनमा भव्य रुपमा हुँदैछ । प्रियंका र निकको विवाह क्रिश्चियन र हिन्दु परम्पराअनुसार हुने भएको छ । भारतीय मिडियाले चर्चा गरेअनुसार प्रियंकाले आफ्नो विवाह समारोहलाई अविस्मणीय कुनै कसरत बाँकी राखेकी छैनन । उनले विवाहमा आउन भिआइपी र भिभिआइपी पाहुनाका लागि हेलिकोप्टरको समेत सविधा दिने भएकी छन् । जसका लागि २९ नोभेम्बर आजदेखि ३ डिसेम्बरसम्ममा लागि एउटा हेलिकप्टर बुक गरिएको छ । त्यही बुक गरिएको हेलिकोप्टर चढेर बिहीबार प्रियंका र निक उदयपुरबाट सिधै जोधपुरको उमेद प्यालेसमा अवतरण गरेका हुन् । त्यही हेलिकप्टरमार्फत पाहुनालाई जोधपुरको एयरपोर्टबाट चार–पाँचपटक उम्मेद भवनमा ओसारिने कार्यक्रम तय भएको छ ।

Comments