यसरी गर्दैछिन् प्रियंका आफ्नो विवाहको तयारी
screennepal
प्रकाशित: २०७५, ९ मंसिर आईतवार
no img

हिजोआज बलिउड अभिनेत्री प्रियंका चोपडा निकै व्यस्त छिन् । सारा फिल्मी काम छाडेर उनी आफ्नो विवाहलाई भव्य बनाउन लागि परेकी छन् । प्रियंका आफूभन्दा कान्छो ब्वायफ्रेन्ड अमेरिकन गायक निक जोनाससँग यही डिसेम्बर २ र ३ तारिखमा विवाह बन्धनमा बाँधिदैछिन् ।
केही अघिमात्र बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको विवाहले चर्चा पाएको थियो । त्यो जोडीको चर्चा सेलाउँन नपाउँदै प्रियंका र निकको विवाह प्रशंगले यतिखर बलिउड तताएको छ । यी जोडीको विवाह जोधपुरको उम्मेद भवनमा भव्य रुपमा हुँदैछ । भारतीय मिडियाले जनाएअनुसार प्रियंका र निकको विवाह क्रिश्चियन र हिन्दु परम्परा अनुसार हुने भएको छ ।
विवाह समारोहलाई कसरी अविस्मणीय बनाउने भन्ने चिन्ता अहिले प्रियंकालाई छ । उनी आफ्नो विवाहमा हेलिकप्टरबाट उम्मेद भवन पुग्नेछिन् । जसका लासग त्यहाँ एक हेलिप्याड बनाइएको छ । हेलिकप्टर सर्भिसेसका कम्पनीका अनुसार २९ नोभेम्बरदेखि ३ डिसेम्बरसम्ममा लागि उक्त कम्पनीको एक हेलिकप्टर बुक गरिएको छ ।
२९ नोभेम्बरको दिन हेलिकप्टर उदयपुरबाट सिधै जोधपुरको उमेद प्यालेसमा अवतरण हुनेछ । सो हेलिकप्टर डिसेम्बर ३ मा मात्र उदयपुर फर्किनेछ । त्यस अवधिमा उक्त हेलिकप्टरले विवाह समारोहमा आउने विशिष्ट पाहुनाहरुलाई सेवा दिने बताइएको छ ।
एक सामाचारका अनुसार हेलिकप्टर सवारमा प्रियंकासँग निक पनि हुनेछन् । यो हेलिकप्टरमार्फत पाहुनालाई जोधपुरको एयरपोर्टबाट चारपाँचपटक उम्मेद भवनमा ओसारिने कार्यक्रम तय भएको छ ।
यो त भयो व्यवस्थापन । यसबाहेक संगीत सेरोमनि तथा भोजलाई कसरी अविष्मणीय बनाउने अर्कातिर चिन्ता पियंकालाई रहेको छ । साथै, उनले विवाहमा लगाउने पहिरनमा समेत विशेष बनाउने सोचमा छिन् । -Agency

Comments