यस्तो पो ‘रामलीला’को पोस्टर ?
screennepal
प्रकाशित: २०७५, ७ मंसिर शुक्रबार
no img

नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा नायकद्वय अलि र मौसम अटाएका छन् ।
अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको भनिएको फिल्मको फस्र्टलुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ । फिल्ममा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।
फिल्ममा दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ ।

Comments