रिलिज भए लगतै सफलता चुम्दै तारिफको भागीदार बन्यो अशोक र राज्वनको ‘पानीले भिरालो खोज्यो’
screennepal
प्रकाशित: २०७५, ५ मंसिर बुधबार
no img

स्क्रीननेपाल डटकम :
लोकप्रिय सर्जक बसन्त सापकोटाको शब्द र संगीतमा तयार भएको ‘पानीले भिरालो खोज्यो’ बोलको गीत र भिडियो बजारमा सार्वजनिक भएको छ | गीतले रिलिज हुन साथ निकै नै सफलता हासिल गर्यो | यस गीतमा बसन्त थापा र सिता श्रेष्ठको स्वर समावेश रहेको छ | अति नै सुन्दर शब्द र संगीतमा यो गीत तयार भएको छ | गीतमा गायक गायिकाको स्वरले पनि राम्रो ठाउँ पाएको छ जसको कारण गीत अति नै सुमधुर बनेको छ |


गीत जस्तै गीतको भिडियो पनि उत्तिकै राम्रो र उत्कृष्ट बनेको छ | प्रथम खड्का क्षेत्रीको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा दुर्गेश थापा, ओबी रायमाझी र मरिश्का पोखरेलको अभिनय रहेको छ | भिडियोमा सुमन कार्कीको छायांकन र अनन्त घिमिरेको सम्पादन रहेको छ | राज्वन क्षेत्री र अशोक सुबेदीको लगानीमा यो भिडियो निर्माण भएको हो | नेपाली लोक भाकालाई विकास गर्ने हेतु नै यो भिडियो बजारमा लिएर आईएको निर्माण पक्षले बताएको छ |

यस गीतका भिडियोका निर्माता राज्वन क्षेत्री र अशोक सुबेदी बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली लोक भाकाको विकासको निमित्त निरन्तर प्रयास गरिरहेका छन् | लामो समय देखि यी २ व्यक्ति अमेरिकामा बसेर नेपाली लोक भाकाको संरक्षणमा लागिपरेका छन् | विदेशमा हाम्रो नेपाली कला र संस्कृतिलाई परिचित बनाउने सबै खालको प्रयास आफुहरुले गर्ने यी २ सर्जकको भनाई रहेको छ |

हेर्नुस भिडियो :

Comments