एकल साँझमा प्रस्तुत हुँदै दुर्गा गुरुङ
screennepal
प्रकाशित: २०७५, ४ मंसिर मंगलवार
no img

गायक तथा संगीतकार दुर्गा गुरुङ ‘एकल साँझ’मा गुञ्जिने भएका छन् । आफ्नो २५ वर्षे सांगीतिक यात्राको दौरानमा गायक गुरुङ यही आउँदो २२ मंसिरमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘दुर्गा गुरुङ एकल साँझ’मा प्रस्तुत हुन लागेका हुन् । जहाँ उनले आफ्ना चर्चित तथा संस्कृतिकमूलक दर्जनौँ गीतहरु प्रस्तुत गर्ने भएका छन् ।
तमु (गुरुङ) कला, संस्कृति उजागर गर्ने चुट्का (कौडा’ गीतका लागि चर्चित गायक गुरुङलाई तमु (गुरुङ) समाज तनहुँ, काठमाडौंले प्रस्तुत गर्न लागेको हो । आफ्नो सांगीतिक दौरानमा विशेषगरी आफ्नो कला र संस्कृतिलाई सांगीतिक सदैव जिवित राख्ने तथा प्रवद्र्धन गर्ने हेतुले कौडा गीतलाई प्राथमिकता दिँदै आएकी दुर्गा गुरुङका दर्जनौँ गीत चर्चित छन् ।
गायनमा मात्र नभएर संगीत सिर्जनामा पनि उत्तिकै प्रखर र अब्बल रुपमा आफूलाई प्रस्तुत गर्दै आएका गायक गुरुङले चुट्का र कौडा गीतको प्रवद्र्धन र सम्वद्र्धन गर्ने हेतुले एकल साँझमा प्रस्तुत हुन लागेको बताएका छन् । कौडा तथा चुट्का गण्डक क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगर, दुरा र दराइ समुदायमाझ लोकप्रिय छ ।
कला र संस्कृतिको जर्गेना भन्दै साढे दशकभन्दा धेरै समय यता निरन्तर गायनलाई अँगाल्दै आएका गायक गुरुङले आफ्नो एकल साँझलाई विशेष रुपमा लिएका छन् । हुन पनि एकजना स्रष्टाका लागि एलक साँझ महत्वपूर्ण हुनेछ ।
त्यस्तै, आफ्नो एकल साँझलाई महत्वपूर्ण बनाउन गायक गुरुङ महिना दिनयता लागि परेका छन् । उनको उक्त एकल साँझलाई सफल पार्न गायक तथा संगीतकार रेशम गुरुङलगायत आयोजक संस्था तमु (गुरुङ) समाज तनहुँ, काठमाडौं पनि लागिपरेको छ ।

Comments