बिजयलक्ष्मी ‘लभ सेन्टिमेन्ट’मा डुबेपछि… (भिडियो हेर्नुस्) | Screennepal

बिजयलक्ष्मी ‘लभ सेन्टिमेन्ट’मा डुबेपछि… (भिडियो हेर्नुस्)

युएईमा केही वर्षयता बस्दै आएकी आरजे तथा मोडल विजयलक्ष्मी राई अभिनीत ‘किन आउँछ याद तिम्रो पलपलमा’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।
‘लभ सेन्टिमेन्ट’ बोकेको उक्त गीतलाई गायिका लक्ष्मी विकले गाएकी हुन्, जसमा जितेन तामाङ लामाको शब्दरचना रहेको छ । भिडियोमा गीतको ‘सेन्टिमेन्ट’लाई जस्ताको तस्तै उतारिएको छ ।
यस गीतको भिडियोलाई विजय तामाङले निर्देशन गरेका ह्ने । उनले भिडियोमा एउटा सत्य प्रेमको भावनालाई कलात्मक रुपमा उतारेका छन् । लोक आधुनिक फ्लेवरको ‘किन आउँछ याद तिम्रो पलपलमा’ बोलको उक्त गीत सुन्दा जति मिठास र कर्णप्रिय छ, भिडियोले हेर्दा उस्तै मन छुन्छ ।

भिडियोमा मित्रता हुँदै फक्रिएको एउटा प्रेम अनि त्यसपछि साँचो मायामा पलाएका अनेक शंका, रोमान्स र उताव–चढावलाई भिडियोको कथासार हो । भिडियोमा विजयीलक्ष्मी सँगै निर्देशक अभिनय तामाङ र मोडल वसन्त लामाले अभिनय गरेका छन् । युएईकै समुद्री तट तथा विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको यस भिडियो निकै सुन्दर बनेको छ । जसले इच्छा र रुचि भए प्रवासमा बसेर पनि नेपाली कलाकारितालाई अँगाल्न सकिन्छ भन्ने उदारण पेस गरेको छ ।
विजयलक्ष्मी राई एक यस्ती नारी हुन्, जसले युएईमा बसेर पनि आफूलाई सञ्चार क्षेत्रमा मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय गराउँदै आएकी छन् । उनी एक कुसल आरजे हुन् । पछिलो समय युएईमा आफ्नो जातीय संस्थाको कार्यक्रमहरु सञ्चालन गर्दै आएकी विजयीलक्ष्मी राई त्यहाँ नेपालमाझ परिचित छिन्
हालै हेल्लो नेपाल इन्टरटेनमेन्टको अफिसियल यु्–ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोलाई निरोज लामा र प्रकाश न्यौपानेले खिचेका हुन् । छवि राना मगरले सम्पादन गरेको यस भिडियोमा वर्तमान विकाशोन्मुख समाजमा युवापुस्तामा देखिएको प्रेमप्रतिको परिवर्तित सकरात्मक तथा नकरात्मक दुवै रुपलाई चित्रण गरिएको छ ।



Facebook Comment