पुराना शैलीको झल्को दिने गरि रिलिज भयो गायक युवराज आचार्यको नयाँ गीत ‘नौटंकी’ | Screennepal

पुराना शैलीको झल्को दिने गरि रिलिज भयो गायक युवराज आचार्यको नयाँ गीत ‘नौटंकी’

स्क्रीननेपाल डटकम :
लोक दोहोरी गायक युवराज आचार्यको लोक दोहोरी गीत ‘नौटंकी ‘ सार्वजनिक भएको छ । लोक दोहोरी क्षेत्रका एक अब्बल नक्षेत्रकै रुपमा आफ्नो छबी बनाएका उनी दर्शक श्रोतामाझ अहिले पनि लोकप्रिय हुँदै चर्चाको शिखरमा छन् ।

उनी प्रतिस्पर्धात्मक लाईभ दोहोरी मात्र होइन श्रृजनात्मक रुपमा पनी उत्कृष्ट श्रृजनाका सर्जक हुन । उनका गीतहरुमा स्वर,शब्द र संगीत सबै उनको आफ्नै रहने कारणल गर्दा पनि आचार्य चर्चामा रहने गर्दछन ।

आचार्यका दर्जनौ सुपर हिट गीतहरु सदाबहार रहेका छन । मिर्मिरेमा भालेबासेको, फुल्कोडाली नुग्ने बेला भो, आफ्नै मन घाईते गराउछु, उठसानु उज्यालो भयो, उतैबस उतै माया लाऊ जस्ता गीतहरु जीवन्त अहिले पनि सबैमाझ लोकप्रिय छन ।

हाल जापानमा रहेका गायक आचार्यले लोक संगीत श्रृजनामा निरन्तरता भन्दा पनि लोक संगित संरक्षण र प्रवर्धनमा र्पुयाएको योगदानको प्रशंसकहरुले खुलेर प्रशंसा गर्ने गरेको पाईन्छ । यही क्रममा निस्किएको ‘नौटंकी’ गीतले लाखौं दर्शक श्रोताको माया बटुल्न सफल हुने बिश्वास पनि गायक आचार्यले लिएका छन |

स्वर, संगीत र शब्द गायक युवराज आचार्यको रहेको ‘नौटंकी’ बोलको नया गीतमा गायिका पुर्णकला बिसीको स्वर समेत सुन्न सकिन्छ । यस्तै गीतमा कृष्ण बि.क को अरेन्ज रहेको छ | राजेश घिमिरेको छायांकन र प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा नरेश बिर सिंह तथा अन्जली अधिकारीको अभिनय रहेको छ ।

हेर्नुस भिडियो :



Facebook Comment