नेपाली फिल्ममा ‘जाने क्या हुवा…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, २७ कार्तिक मंगलवार
no img

नेपाली कलाकारले बलिउड र हलिउडको सपना देख्नु स्वभाविकै हो । तर, सपना केवल सपनामै सिमित हुने गरेको छ । ढृड सपना बोकेकाहरु आफै हिन्दी र अंग्रेजी गीतमा मोडलिङ गरेर हलिउड र हलिउडको दीवास्वप्न पूरा गर्ने गरेका छन् किनकि यहाँ हिन्दी गीत भन्नेवित्तिकै बलिउड नै सम्झिने गरिन्छ ।
यस्तै, रहर पूरा गर्नकै लागि अभिनेत्री दिपशिखा खड्काले आफ्नो फिल्म ‘प्रमलीला’मा एउटा हिन्दी गीत राखेकी छन् । जसमा उनले भारतीय मोडल अलि खानसँग अभिनय गरेकी छन् ।


फिल्म ‘प्रेमलीला’को पहिलो गीतका रुपमा सार्वजनिक गीत हिन्दी भाषामा रहेको छ । अन्तर्देशीय प्रेमसम्बन्धको कथा प्रस्तुत गरिएको भिनिएको फिल्मको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् भने पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् । यसअघी फिल्मको फस्र्टलुक सार्वजनिक भइसकेको छ ।

https://www.youtube.com/watch?v=-wlAOMHzrIo

फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ ।

Comments