अमेरिकामा बिमोचन भयो गोपी दाहाल दोस्रो एल्बम “प्रज्वल”, यस्ता बिशिष्ट व्यक्तिहरुको उपस्थिति
screennepal
प्रकाशित: २०७५, २० कार्तिक मंगलवार
no img

स्क्रीननेपाल डटकम :
तिहारको अवसरमा ब्रदर्स प्रोडक्सन र दर्पण मिडियाको संयुक्त आयोजनामा अमेरिकाको ओहायो राज्यको सिन्सिन्याटी शहरमा आयोजित “दिपावली म्युजिकल धमाका २०१८” कार्यक्रममा गोपी दाहालले बिशिष्ट व्यक्तिहरुको माझमा आफ्नो दोस्रो एल्बम बिमोचन गरेका छन् | पहिलो एल्बम “उज्ज्वल” को सफलता पछि उनले दोस्रो एल्बम बिमोचन गरेका हुन् |

गीतकार गोपी दाहालका पिता लिलाधर दाहाल र माता विष्णुमाया दाहालको साथमा अन्य उपस्थित विशिष्ट व्यक्तिहरुको साथमा सामुहिक “प्रज्वल” को बिमोचन गरिएको हो | उनको एल्बमको अलिकति विश्लेषण गर्दा यसमा ५ वटा गीत समावेश रहेको छ जस मध्य ३ वटा गीत बजारमा भिडियो सहित केहि समय अगाडी नै रिलिज भईसकेको छ |

यस एल्बमका गीतहरुमा १.”सानीमा सानी” – शिव परियार, २.”बासगर मेरी माया” – राजेशपायल राई, ३.”विश्वास गर बेसरी” – राजनराज शिवाकोटी, ४.”इटरीको सुकुटी” – किरण गजमेर, ५.”चौंरीको छुर्पी खाएर” – रमेश कँडेल रहेका छन् | यो गीत र गीतमा स्वर दिएका गायकहरुको नामावली सहितको विवरण हो | पूर्णरुपले नेपाली संस्कृतिलाई लक्षित गरेर आयोजना गरिएको उक्त “दिपावली म्युजिकल धमाकामा २०१८” मा अरु पनि थुप्रै रमाइलो र विशेष कुरा भए |

प्रस्तुतिकै कुरा गर्ने हो भने त्यहाँ गायन र नृत्यको वर्षा नै भयो सबैले भरपुर मनोरंजन समेत लिए | गायक बिनोद गुरुङले आफ्नो स्वरको जादु चलाउदै सबैको माझमा राम्रो प्रस्तुति दिए | यस्तै मुना क्षेत्रीले कार्यक्रममा सुन्दर नृत्य देखाईन | त्यसै गरी अमेरिकामा बसेर संगीतको दुनियामा खरो रुपमा उत्रिदै गरेका एन.के ब्रदर्सले पनि निकै नै उत्कृष्ट प्रस्तुति उक्त कार्यक्रममा प्रस्तुत गरे |

यस्तै कार्यक्रममा प्रकाश दर्नाल, सुरज गुरुङ, कविता थापा, छवि न्यौपाने लगायतका कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिएका थिए | उपस्थितिकै कुरा गर्ने हो भने कार्यक्रममा निकै दिग्गज व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहयो | अमेरिकन डेमोक्रेटिक पार्टीका अफताब पिरेवल जो युनाइटेड स्टेट रिप्रेजेन्टेटिफ ओहायोको उमेद्वारको पनि उक्त कार्यक्रममा बिशेष उपस्थिति थियो। त्यस्तै विभिन्न बरिष्ट व्यक्तिहरु, समाजसेवी, संगीतकर्मी र थुप्रै कलाकारहरु समेत कार्यक्रममा उपस्थिति थिए | यस्तै कार्यक्रममा गीतकार गोपी दाहालको दोस्रो एल्बम “प्रज्वल” का संगीतकार अम्बर तुम्बापो सुब्बालाई बिशेष सम्मान स्वरूप मायाको चिनो समेत प्रदान गरियो |

त्यसै गरी “प्रज्वल” एल्बममा उहाले आफ्नो समय दिएर आबद्ध भए बापत उहालाई स्रष्टाको सम्मानको हिसाबले गीतकार गोपी दाहालले सम्झनाको स्वरूप स्टेजमै चेक समेत हस्तान्तरण गर्नुभएको छ | हुन त उहाले दिएको समय र सिर्जनाको मुल्य बराबर त नहोला तर पनि एउटा सम्मानको हिसाबले आफुले संगीतकार तुम्बापो सुब्बालाई उक्त चेक हस्तान्तरण गरेको गीतकार गोपी दाहालले बताउनुभयो | त्यस्तै आयोजक दर्पण मिडियाको तर्फबाट पनि उहाले मायाको चिनो स्वरूप टोकन प्राप्त गर्नुभएको छ |

यस्तै दर्पण मिडियाको तर्फबाट एन.के ब्रदर्सलाई पनि मायाको चिनो स्वरूप टोकन प्रदान गरिएको छ | त्यसै गरी कार्यक्रममा भूट्निज कम्युनिटी अफ सिन्सिन्याटी (बिसिसी) का कार्यकारी निर्देशक तथा पूर्व उपाध्यक्ष खेम रिजाललाई पनि सम्मान गरिएको थियो | भब्य तरिकाले सम्पन्न कार्यक्रमलाई स्टार वान रियल्टर्स, ओम दर्नाल ज्वेलर्स, फेमिली ग्रोसरी, होट एन्ड स्पाइसी रेष्टुराँ एन्ड बार, नमस्ते करी हाउस, स्वाद इन्डियन रेष्टुराँ, युनिक फेसन सेन्टर, कोलरेन फर्निचर, द फेडेरल सेभिङ्स बैंक, फोटो-ग्राफर टेक मगर आदि व्यावसायिक संस्थाले प्रायोजन गरेका थिए |

हेर्नुस भिडियो :

Comments