फेरि आइन् ‘उल्लु’ गीत लिएर रेश्मा (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १८ कार्तिक आईतवार
no img

काठमाडौं । कुनै समय ‘मै ठूली भइछु रे’ गीतमार्फत हट लिस्टमा रहेकी गायिका रेश्मा सुनुुवार फेरि चर्चामा आएकी आएकी छन् । लामो समय गायनमा ओझेलमा रहेकी रेश्माले ‘उल्लु’ बोलको गीत तथा भिडियो सार्वजनिक गरेकी छन् । द बिस्पा र इन्टेस ईल्डको निर्माण रहेको यस गीतको भिडियोलाई हलिउड फ्लेवरमा तयार गरिएको छ ।
बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन् । भिडियोमा अनुरागसँगै स्वीकृति प्याकुरेल, समिता ओझा र डिचेन लामालाई फिचरिङ गरिएको छ ।
यस भिडियोलाई सिनेमाटोग्राफर अनिल के. मानन्धरले खिचेका हुन् । चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोरले निकै मिहिनेत गरेका छन् । उनले भिडियोमा चितवनलाई फरक दृश्यमा देखाएका छन् । यस गीतले गायिका रेश्मालाई एकपटक फेरि चर्चामा ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । यो भिडियो गायिका रेश्माकै अफिसिएल युटुबबाट सार्वजनिक गरिएको हो । उनले ‘उल्लु’ गीतका लागि धेरै मेहेनत गरे बताएकी छन् ।

https://www.youtube.com/watch?v=g3kLERXCU6U

Comments