चन्दालाई ‘मिसेस एसिया प्यासफिक’ उपाधि
screennepal
प्रकाशित: २०७५, १७ कार्तिक शनिबार
no img

रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा केही अघि राजधानीमा भएको मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीलाई सिंगापुरमा भएको विबाहित महिलाहरुबिचको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा ठुलो सफलता मिलेको छ ।
शुक्रबार सिंगापुरमा सम्पन्न यस वर्षको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१८ मा गिरीले मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि चुमेकी हुन्। गिरीले पे्रmण्डली इन्टरनेशन उपउपाधि पनि जितेकी छिन्। प्रतियोगितामा मिसेस स्वीडेन इन्टरनेशनल मारिया स्वीनसनले मिसेस इन्टरकन्टिनेन्टल इन्टरनेशनल २०१८ र भियतनामकी भोङ नोक लोनले मिसेस इन्टरनेशनल २०१८ को उपाधिलाई आप्mनो बनाएका थिए।
प्रतियोगितामा रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा भएको मिसेस नेपाल इन्टरनेशनल २०१८ र २०१७ तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल ग्ल्याम २०१८ प्रतियोगिताका विजयीहरु मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले नेपालको प्रतिनिधित्व गरेका थिए। नेपालबाट प्रतिनिधित्व गर्ने सबैलाई सफलता मिलेको छ। मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डेले इन्टरनेशनल वेष्ट ट्यालेन्ट, एलिगेन्स व्युटी र व्युटी एमबेसडर उपउउपाधि जितेकी छिन् भने मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ द इयर, इन्टिलेक्चुअल व्युटी र वेष्ट सेल्फ इन्टरडक्सन उपउपाधिलाई आप्mनो बनाएकी छिन्।
यी प्रतियोगिहरुले अक्टोबर २८ देखि नोभेम्बर २ सम्म जारी मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गरेका थिए। प्रतियोगितामा अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले स्पर्धा गरेका थिए। प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा भएको थियो। सिंगापुर विमानास्थलमा उत्रेदेखि नै प्रतियोगिहरुको मूल्यांकन प्रक्रिया शुरु भएको थियो भने प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सिंगापुर, मलेशिया र इन्डोनेसिया हुँदै निर्णायक स्पर्धा सिंगापुरको आर्केड कन्ट्री क्लबमा भएको थियो। नेपालको प्रतिनिधित्व गर्दै मिसेस सुन्दरीहरुले प्रतियोगितामा आफुलाई अब्बल सावित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता विरेन्द्र हमाललगायतसँग विभिन्न विधाको प्रशिक्षण लिएका थिए।
प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेशल सुन्दरीहरुका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेललगायतको टोली सिंगापुर पुगेको थियो। यो टोली आईतबार राती पौने १० बजे काठमाडौं फर्कंदैछ।

Comments