‘स्मुले सिंगिङ’ प्रतियोगितामा कडा प्रतिस्पर्धा
screennepal
प्रकाशित: २०७५, १७ कार्तिक शनिबार
no img

पछिल्लो समय विभिन्न नाममा ‘गायन प्रतियोगिता’हरु भइरहेका छन् । टेलिभिजन च्यानलमा मात्र नभएर फेसबुकजस्ता लोकप्रिय सामाजिक सञ्जालमार्फत समेत त्यस्ता प्रतियोगिताहरु हुन थालेका छन् ।
यस्तै, फेसबुक ग्रुप एसएसओजी ग्रुपले पनि एकल गायन प्रतियोगिता गरिरहेको छ । ‘स्मुले सिंगिङ ओपन गु्रप’ नाम दिएको उक्त प्रतियोगितामा अहिले विभिन्न ग्रुप र व्यक्तिबीच गायन प्रतिस्पर्धा भइरहेको छ ।
यस ग्रुपले फेसबुक अनलाइनमार्फत आयोजना गरेको एकल गायन प्रतियोगितामा विशेषगरी तिहार गीतलाई समेटिएको छ । प्रतियोगितामा एसएसओजी समूहलगायत विभिन्न समूह तथा समूहभन्दा बाहिरबाट १९१ जनाले सहभागी जनाएको आयोजकमध्येकी इन्दु लावतीले बताएकी छन् । जसअन्तर्गत १९१ बाट ६१ जना प्रतिस्पर्धीलाई एलिमिनेट गरि जम्मा टप १३० जना प्रतिस्पर्धी सुरक्षित गरिएको थियो ।
प्रतियोगिताको पहिलो चरणमा प्रतिस्पर्धीले आफ्नै रोजाइका गीत प्रस्तुत गरेका थिए । पहिलो चरणबाटै कडा प्रतिस्पर्धा भएको एसएसओजी समुहको निर्णायक गायक तथा संगीतकार सुजन आङ्देम्बे लिम्बूले बताएका छन् । उनका अनुसार पहिलो चरणबाटै प्रतिस्पर्धीलाई एलिमिनेट गर्न सुरु गरिएको थियो ।
प्रतियोगिताको दोस्रो चरणमा लोकपप गीतहरु प्रतिस्पर्धीलाई दिइएको थियो । जसबाट दोस्रो चरणमा टप ५५ जना छनोट गरिएको र तेस्रो चरणदेखि निर्णयक र फेसबुक भ्यूअर्स तथा भोटिङ मार्कको आधारमा टप–१० छनोट गरिएको जनाइएको छ ।
जसमा एनएसटी समूहबाट एञ्जला श्रेष्ठ, सुनी थापा मगर र सिखा भुजेल श्रेष्ठ, एनजिजिएस समूहबाट बिमल लिम्बू र खुस्बु सोनार, डब्लू एमएसजी समूहबाट काशी गुरुङ, एसबिएसजी समूहबाट असल योञ्जन, एसएसएमपी समूहबाट कल्पना लिम्बू, एएसटी समूहबाट शर्मिला सुनुवार र एमओसी समूहबाट श्रीजना राई छनोट भएका छन् । उनीहरुबीच अहिले कडा प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगितामा बिजयी हुने समूह अथवा ब्यक्तिले पहिलो पुरस्कार ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार पाउने आयोजकले जनाएको छ । यस प्रतियोगिताको फाइनल नतिजा १९ कार्तिकमा एसएसओजी फेसबुक पेजमार्फत बेलुका ८ बजे लाइभ प्रसारण गरिने जनाइएको छ ।

Comments