टोपीवालापछि निलमको ‘कालो कोटवाला…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १६ कार्तिक शुक्रबार
no img

काठमाडौं । संगीतकार तथा गायिका निलम रोजु राईले केही समय अघिसम्म ‘टोपी’ लाउनेको प्रशंसा गर्थिन् । ‘मलाई हजुरले लाएको टोपी मनप¥यो’ भन्दै ‘टोपी’ लाउनेहरुलाई फुर्काउँदै आएकी निलमको मन फेरिएको छ किनकि, अहिले उनलाई ‘कोटवाला’ मन पर्न थालेको छ । त्यसैले त उनी गाउँछिन्, ‘कति सुहायो त्यो कालो कोटमा’ ।
हो, गीतकारसमेत रहेकी निलमको ‘कति सुहायो त्यो कालो कोटमा’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा स्वरमात्र नभएर शब्द तथा संगीत पनि उनैको रहेको छ । निलमलाई स्वरमा गायक सुरेश लामाले साथ दिएका छन् । संगीतकार निलमले ‘कति सुहायो त्यो कालो कोटमा’ गीतलाई पुर्वेली लोक–फ्लेवरमा ढालेकी छन् । उक्त गीतले कालो कोट लगाउनेहरुलाई प्रशसा गरेको छ । ‘घुमिफिरी रुम्झाटार’ भनेजस्तै गीतको आशय माया–प्रेममै केन्द्रित छ ।

‘कति सुहायो त्यो कालो कोटमा’ बोलको यस गीतको भिडियोलाई नृत्य निर्देशक कमल राई निर्देशन गरेका हुन् । उक्त गीतमा दक्षकुमार राई, कला राई, पवन पाठकलगायतका कलाकारले अभिनय गरेका छन् ।
युवराज राईले खिचेको ‘कति सुहायो त्यो कालो कोटमा’ भिडियोमा कोरस डान्सहरुको प्रयोग गरेर फिल्मीशैली अपनाइएको छ । जसलाई दर्शक तथा श्रोताले रुचाउने अपेक्षा संगीतकार तथा गायिका निलमले गरेकी छन् । दीक्षा प्रोडक्शनले निर्माण गरेको यस भिडियोलाई निलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

Comments