अलिशाको फूल्नै नपाई झ-यो जीन्दगी (भिडियो)
screennepal
प्रकाशित: २०७५, ११ कार्तिक आईतवार
no img

गायिका पूर्णिमा लामाको स्वर रहेको ‘फूल भनौँ जीन्दगीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । केही महिना अगाडि यस गीतको अडियो सार्वजनिक गरिएको थियो । उक्त अडियो गीतलाई युट्युबमा २९ लाख ८२ बढी भ्युज मिलेको छ ।
अडियो गीतलाई यत्ति धेरै माया दिएको भन्दै यस गीतबाट आफू निकै आशावादी रहेको गायिका लामाले बताइन ्। उनले भनिन्, ’गीतको अडियो दर्शकले रुचाइदिनु भएको छ । भिडियो पनि राम्रो बनेकोले सफल हुनेमा आशावादी छु ।’
भुपेन्द्र बुढाथोकीको शब्द र गोविन्द मधुर आचार्यको संगीत सुन्न रहेको यस गीतको एरेन्जर पनि आचार्य नै गरेका हुन् । गीतकार भुपेन्द्र पनि यस भिडियोबाट निकै आशावादी छन् । गीतको अडियो दर्शक/श्रोताले रुचाएका कारण भिडियो रुचाउने उनको तर्क छ ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

https://www.youtube.com/watch?v=Ie-k-JV0IM4

Comments