आमाको सम्झनामा गायिका एन्जिला
screennepal
प्रकाशित: २०७५, ९ कार्तिक शुक्रबार
no img

गायिका एन्जिला गौचनले आफ्नो आमाको एक वर्षको पुण्य तिथीको अवशर परेर आमाको सम्झनामा एक मर्मस्पर्शी गीत सार्वजनिक गरेकी छिन्।
आमा तिमी कहाँ गयौँ कहाँ कहाँ हामीलाई रुवाएर भन्दै आफ्नी स्वर्गीय आमा भिम कुमारी गौचन प्रति समर्पित गर्दै गएकी गीतले जो कोहिको पनि आँखा रसाउन सक्छ।
गत बर्ष आमा गुमाएकी अन्जिलाले आफ्नो आमाको यादले घरी-घरी सताई रहँदा आमालाई समर्पण गर्दै गीत गएकी बताइन।
कार्तिक ९ गते आमाको पुण्यतिथिकै दिन उनले युट्युबमार्फत लिरिकल भिडियो बनाएर उक्त गीत सार्वजनिक गरेकी हुन्।
गीतलाई प्रमोद शेरचनले लेखेका हुन् भने शिलाबहादुर मोक्तानले संगीत गरेका छन्। उनको यस लिरिकल भिडियोलाइ अनन्त सापकोटाले तैयार पारेका हुन्।

Comments