धेरै पछि रिलिज भयो पदम लामा अभिनित नया भिडियो, कल्पना संग देखाए यस्तो रोमान्स
screennepal
प्रकाशित: २०७५, ३१ आश्विन बुधबार
no img

स्क्रीननेपाल डटकम :
म्युजिक भिडियो क्षेत्रमा अभिनयको यात्रा अगाडी बढाईरहेका मोडल पदम लामाले अभिनय गरेको नया म्युजिक भिडियो यति बेला बजारमा आएको छ | प्राय सबै खालको म्युजिक भिडियोमा अभिनय गरिसकेका उनले यसपटक रोमान्टिक जनराको भिडियोमा अभिनय गरेका छन् | उनले अभिनय गरेको यस म्युजिक भिडियोको सम्पूर्ण छायांकन मलेसियामा गरिएको हो | पदम लामा आफै पनि मलेसियामा नै भएकै कारण पनि होला उनको प्राय म्युजिक भिडियो उतै छायांकन हुने गरेको छ | यस भिडियोमा पदम लामाले मोडल कल्पना गुरुङ संग अभिनय गरेका छन् |

यस भिडियोमा सुन्दर लावतीको छायांकन र निर्देशन रहेको छ | राजेन्द्र खड्काले भिडियोको सम्पादन गरेका छन् | भिडियो पूर्ण रुपमा गीतको भावलाई बुझेर निर्माण गर्ने प्रयास गरिएको छ | भिडियोमा पदम लामा र कल्पना गुरुङले पनि राम्रो अभिनय गरेका छन् | हुन त गीत रोमान्टिक शैलीमा भएरै पनि होला २ जना मोडल राम्रै संग खुलेका छन् | त्यस्तै गीतमा भने युगज्योति क्रियाशीलको शब्द र निम संगीतको संगीतको साथमा गगन सरगम र अन्जना गुरुङको स्वर समावेश रहेको छ | मोडल पदम लामाको अभिनयमा धेरै लामो समय पछि यो भिडियो आएको हो |

बीचमा केहि समय उनि आफ्नै कामले केहि गुमनाम जस्तो भएका थिए | लामै समय उनको भिडियो बाहिर आएको थिएन | तर अहिले भने उनले फेरी अभिनय यात्रा सुरु गरेका छन् | अब भने कतै नहराउने र निरन्तर यहि क्षेत्रमा अगाडी बढ्ने उनले बताएका छन् | म्युजिक भिडियो क्षेत्रमा धेरै मोडलको जमात छ | त्यो भिडमा नै पदम लामा पनि रहेका छन् | तर उनले आफु अगाडी आउनको लागि धेरै कुरा सुधार गर्दै आफुलाई अब्बल बनाउदै जानुपर्ने छ | बिस्तारै उनले आफुलाई निखार्दै लिएर गईरहेको देखि पनि रहेको छ | अब समयले उनलाई कस्तो रुपमा उभ्याउने हो त्यो हेर्न भने बाँकी नै छ |

हेर्नुस भिडियो :

Comments