सरोज ओलीद्वारा निर्मित मेलिनाको स्वर समावेश “ए कालु” ले दर्शक श्रोताको मनमा गर्यो एक्क्षत्र् राज
screennepal
प्रकाशित: २०७५, ३० आश्विन मंगलवार
no img

स्क्रीननेपाल डटकम :
“माछीले खाने खोलिको लेउ”, “जता जता पिरतीको बाटो”, “चरी जस्तै उड्न पाए”, “सपनीमा आउनेलाई” र “पानी कुवाको” जस्ता सर्वाधिक लोकप्रिय र सफल गीत बजारमा निकालिसकेका गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीको निर्माणमा फेरी अर्को नया गीतको भिडियो बजारमा आएको छ | उनको निर्माण रहेको “ए कालु” बोलको गीत केहि समय अगाडी नै बजारमा रिलिज भएको हो | चन्द्र घिमिरेको शब्द र बसन्त सापकोटाको संगीत र सहस शाक्यको अरेन्ज रहेको गीतमा गायिका मेलिना राईले आफ्नो सुमधुर स्वर भरेकी छिन् | उक्त गीतले निकै कम समयमा अधिक सफलता हासिल गरेको छ |

हुन त सरोज ओली पछिल्लो समय अधिकांश गीत सफल नै भईरहेका छन् | त्यहि क्रमलाई यस गीतले पनि पछ्याएको छ | गीत र भिडियोलाई १ महिना नबित्दै युटुबमा करिब २४ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन् | यस्तै भिडियोको भिवर्स अझै बढ्ने क्रममै रहेको छ | गीतलाई गज्जब टिभीको युटुब च्यानलबाट रिलिज गरिएको छ | कविराज गहतराजको निर्देशनमा यस गीतको भिडियो तयार भएको छ | भिडियोमा सुदिप बरालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ | भिडियोमा नायिका प्रियंका कार्कीको अभिनय रहेको छ | भिडियोमा प्रियंका कार्कीको सुन्दर नृत्य हेर्न सकिने छ | भिडियो आकर्षक बनेको छ |

सम्भवत यसै कारण पनि होला भिडियोले यति धेरै भिवर्स प्राप्त गरेको | युटुबमा प्रतिक्रियाको बर्षात भएको छ | अधिकांशले भिडियो निकै सुन्दर बनेको र गीत पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् | यहि अनुरुप सरोज ओलीको यो अर्को हिट गीत साबित भएको छ | अहिले उनको थुप्रै नया गीतको काम पनि भईरहेको छ | अब एक पछि अर्को गीत बजारमा रिलिज गर्ने उनले बताएका छन् | उनले आफ्नो प्रस्तुति मनपराई साथ दिनुहुने सबै दर्शक श्रोता प्रति आभार समेत प्रकट गरेका छन् | यस्तै उनले आगामी दिन अझै राम्रो गीत र भिडियो लिएर दर्शक श्रोता माझ आउने प्रतिबद्धता समेत जाहेर गरेका छन् |

हेर्नुस भिडियो :

Comments