स्वस्तिकालाई ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ उपाधि
screennepal
प्रकाशित: २०७५, २७ आश्विन शनिबार
no img

काठमाडौं । ‘टेन्सवर्ग नेपाल्स नेक्स्ट सुपर मोडल–२०१८’को उपाधि स्वस्तिका प्रधानले जितेकी छन् ।
शुक्रबार राजधानीमा सम्पन्न प्रतियोगिताको तेस्रो संस्करणमा आफ्ना प्रतिस्पर्धीलाई पछि पर्दा स्वस्तिका यस वर्षको ‘नेपाल्स नेक्सट सुपर मोडल’ बन्न सफल भएकी हुन् । उनले ‘फोटोजेनिक’ सबटाइटल उपाधि पनि पाएकी छन् ।
आरएनआर ग्रुपद्वारा आयोजित प्रतियोगितामा क्रमश फस्ट रनरअप र सेकेण्ड रनरअप सरु श्रेष्ठ र रिहाना वैद्य भए । फोटोग्राफर राजभाई सुवाल, व्यवसायी उज्वलकृष्ण श्रेष्ठ, सुलोचना श्रेष्ठ, पत्रकार डब्बु क्षेत्री, पुजा बज्रचार्य र फ्लाईटेकका निर्देशक नाजिर हुसेन निर्णायक रहेको प्रतियोगितामा विभिन्न टाइटल उपाधि पनि प्रदान गरिएको थियो ।
प्रतियोगितामा समृति शाह ‘मिस स्टाइलिस’, अदिता कार्की ‘बेस्ट फिगर’, सञ्जना खत्री ‘भ्युअर्स च्वाइज’ र रिहाना वैद्य ‘मिस पपुलर’ भए । त्यस्तै, जेस्सीका विष्ट ‘बेस्ट हेयर’, मनिका पौडेल ‘बेस्ट स्किन’, स्वस्तिका प्रधान ‘बेस्ट वाक’ र सरु श्रेष्ठले ‘बेस्ट पर्सनालिटी’ उपाधि पाएका छन् ।
कार्यक्रम सोचेभन्दा राम्रो भएको आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् । रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा गायक दीपक लिम्बूले गीतसंगीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Comments