फलेवासको संस्कृति झल्काउदै गायक सरोज साजन श्रेष्ठले निकाले “रमाइलो फलेवास”, भिडियो बन्यो यति सुन्दर
screennepal
प्रकाशित: २०७५, २७ आश्विन शनिबार
no img

स्क्रीननेपाल डटकम :
फलेवासका प्रतिनिधित्व गर्ने गायक सरोज साजन श्रेष्ठले दशैंको अवसर पारेर आफ्नो नया गीत बजारमा लिएर आएका छन् | थुप्रै गीत बजारमा लिएर आइसकेका उनले यसपटक भने आफ्नै ठाउँलाई केन्द्रीत गरेर “रमाइलो फलेवास” बोलको गीत बजारमा लिएर आएका छन् | उनको यो गीत रोमान्टिक भर्सनमा तयार गरिएको छ | उनको यस गीतमा उनको आफ्नै शब्द रहेको छ | यस्तै गीतमा कल्याण सिंहको संगीत र साहस शाक्यको संगीत संयोजन रहेको छ | गीत संगै गीतको भिडियो पनि युटुबमा रिलिज गरिएको छ | गीतको भाव संगै मिलाएर गीतको म्युजिक भिडियो तयार गरिएको छ |


म्युजिक भिडियोमा चक्र पुलामीको कोरियोग्राफी र कन्सेप्टको साथमा बिनोद श्रेष्ठ, फुलु पुन र सरोज साजन श्रेष्ठको अभिनय रहेको छ | बिरन पुनले छायांकन र निर्देशन गरेको गीतको भिडियोलाई धौलागिरी अञ्चलको पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका भित्रका रमणीय दृश्यहरु झल्काईएको छ | फलेवास गायक सरोजन साजन श्रेष्ठको आफ्नै मातृभुमि पनि रहेको छ | यस हिसाबले पनि उनको लागि भने यो गीत निकै बिशेष नै रहेको छ | यस्तौ गीतको भिडियोमा फलेवास भित्र अवस्थित विभिन्न जात जातीका झाकी,जात्रा, संस्कार र परम्परालाई उजागर गरिएको छ | साथै यस गीतमा पर्यटन प्रवर्धन र फलेवासी जीवन शैली, रहनसहनलाई प्रभाव पार्ने दृष्य देख्न सकिन्छ | नेपाली सांगीतिक क्षेत्रमा उनको लामो समय बितिसकेको छ |

उनले सांगीतिक क्षेत्रमा भने “पापीनी” बोलको गीतबाट पाईला राखेका थिए | त्यस पछि उनले “मायालुको देश”,”पापिनीले छोडेर गै”, “तिमीले फर्किएर नरोउ भनिदिए”, “मन अन्तै साट्यौकि” र “रमाइलो फलेवास” लगाएतका थुप्रै गीत बजारमा ल्याईसकेका छन् | नेपाली सांगीतिक बजारमा उनि आफ्नै हिसाबले अगाडी बढिरहेका छन् | उनको गीतमा केहि फरकपन पनि दर्शक श्रोताले भेटेका छन् | आगामी दिन दर्शक श्रोताको लागि अझै राम्रो प्रस्तुति लिएर आउने उनको भनाई रहेको छ |

हेर्नुस भिडियो :

Comments