परदेशीको पिंडा समेटेर शम्भु मोक्तानको निर्देशनमा तामाङ सेलो भिडियो रिलिज
screennepal
प्रकाशित: २०७५, २३ आश्विन मंगलवार
no img

स्क्रीननेपाल डटकम :
लामो समय देखि आफ्नो घरपरिवार छोडेर परदेशीनु नेपालीहरुको पिंडा हो | यहि पिंडालाई समेटेर एउटा म्युजिक भिडियो रिलिज भएको छ | शम्भु मोक्तान तामाङको अभिनय र निर्देशनमा उक्त म्युजिक भिडियो रिलिज भएको हो | मलेसियामा सम्पूर्ण छायांकन गरिएको यस म्युजिक भिडियोको गीतको बोल भने “तोर तोर मबोर” रहेको छ | तामाङ सेलोमा निर्माण भएको यस गीतमा सपूत दोङको शब्द, अमृत लामाको संगीत र पवन राज स्याङबो र इन्दिरा गोलेको स्वर समावेश रहेको छ | गीतमा संगीत संयोजनको काम भने अशोक लोहोरुङ राईले गरेका छन् |


कोष बोम्जनको छायांकन र ललित सिंह साउदको सम्पादन यस भिडियोमा रहेको छ | यस्तै भिडियोमा शम्भु संगै हिम् शिला लामाको अभिनय रहेको छ | दशैंको नजिक यो गीत र भिडियो रिलिज गरिएको छ | चाड पर्वको बेला घरमा जान नसक्नुको पिंडा र परिवार सम्झेर विदेशमा दुखित हुनुको अवस्था यस भिडियोमा चित्रण गरिएको छ | म्युजिक भिडियो क्षेत्रमा आफुलाई निकै अगाडी लिएर आईसकेका शम्भु मोक्तान तामाङको निर्देशनको राम्रै प्रभाव यस भिडियोमा देखिन्छ | अहिले सम्म धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका उनले यस भिडियोमा केहि फरक गर्ने प्रयास पनि गरेका छन् |


लामो समय मलेसियामा बसेर नेपाली म्युजिक भिडियो क्षेत्रलाई माथि लैजान प्रयास गरेका शम्भु मोक्तान अहिले भने नेपाल आईसकेका छन् | नेपाल आउन साथ अहिले उनि धेरै प्रोजेक्टमा ब्यस्त रहेका छन् | उनको अहिले थुप्रै म्युजिक भिडियोको काम भईरहेको छ | नेपालमा बसेर पनि नेपाली म्युजिक भिडियो क्षेत्रमा नै सक्रिय भएर लाग्न उनको भनाई रहेको छ | हुन त उनि अब चलचित्रमा फेरी कम्ब्याक हुने संकेत पनि देखिएको छ तर अहिले नै उनले यस बिषयमा कुनै आधिकारिक जानकारी भने दिएका छैनन् | उनि तामाङ चलचित्रमा नायकको रुपमा डेब्यु गर्दै नेपाली कला क्षेत्रमा प्रवेश गरेका हुन् |

हेर्नुस भिडियो :

Comments