सुगममा प्राश्ना र शिव उत्कृष्ट, पाश्र्वतर्फ राजेशपायल र अञ्जु
screennepal
प्रकाशित: २०७५, २० आश्विन शनिबार
no img

७औँं म्युजिक खबर म्युजिक अवार्डमा गायिका प्राश्ना शाक्य र शिव परियार उत्कृष्ट ठहरिएका छन् । ‘कैदी बनाउ’ गीतबाट प्राश्ना र ‘वषौँ भो छोडेको’ गीतमार्फत शिवले ‘सर्वोत्कृष्ट गायिका/गायक’को अवार्ड पाएका हुन् ।
प्रदेश नम्बर १ को अस्थाई राजधानी विराटनगरस्थित विरेन्द्र सभागृहमा शुक्रबार सम्पन्न अवार्ड कार्यक्रममा बरिष्ठ गायक तथा संगीकार शम्भूजित बाँस्कोटालाई ‘विराट संगीतरत्न’द्वारा सम्मान गरिएको थियो ।


कायक्रममा राष्ट्रियभावतर्फ चुडामणि देवकोटा ‘मेरो देश सुन्दर छ’, पप गायिकामा मञ्जु पौडेल ‘दामी छेन्त’, पप गायकमा शंकर थापा स्माइल, ‘माया लगाई’, पप संगीतकारमा रमेशराज भट्टराई, ‘बेहुला’, लोकदोहोरी नवप्रतिभा महिलातर्फ चन्दा खड्का, ‘मायाकै पिरले’ र नवप्रतिभा पुरुषतर्फ ध्रुव बिसीले ‘भेट हुँदा’बाट अवार्ड पाएका छन् ।
त्यस्तै, भिडियो मोडल लोकदोहोरीतर्फ रिना थापा मगर र पुरुषतर्फ सुमन खतिवडाले अवार्ड पाए भने भिडियो निर्देशक लोकदोहोरीमा प्रकाश भट्ट, सर्वोत्कृष्ट लोकगीत पुरुषतर्फ दुर्गा गुरुङ, ‘झिल्के भेना’ महिलातर्फ शर्मिला गुरुङ, ‘मेरो माया’, लोकदोहोरी शब्द शिव हमाल, ‘लठ्ठै पा¥यो’, लोकदोहोरी भाका कस्तुप पन्त, ‘पिरती मिसाउनी’ र गायक लोकदोहोरीमा दिपसागर थापाले अवार्ड पाए ।
त्यस्तै कार्यक्रममा सर्वोत्कृष्ट गायिका लोकदोहोरीतर्फ सुनिता दुलाल, ‘मायालुको साथै रमाइलो’, कल्चरलतर्फ गणेश गुरुङ, ‘सुनको औँठी’ चलचित्र गीतकारमा हरि उप्रेती, ‘दुई चुल्ठी’ पाश्र्व गायिकामा अन्जु पन्त, ‘घिनघिन मादल’ (पन्चेबाजा) र पाश्र्व गायकमा राजेशपायल राईले ‘दुई चुल्ठी’बाटै अवार्ड पाए ।


त्यस्तै, चलचित्र संगीतकारमा विकास चौधरी, ‘पन्चेबाजा’, गजलमा विपिन मर्म, ‘मायाले रेटिएँ’, नवप्रतिभा सुगमसंगीतमा मेनुका पौडेल, ‘कुर्दा कुर्दै’, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगमसंगीत सञ्जय बराल,संगीत संयोजक सुगमसंगीत निरज श्रेष्ठ, युगल गायनमा राजसागर र अञ्जु श्रेष्ठ, गीतकार सुगमसंगीत अमर वान्तु राई र सर्वोत्कृष्ट एल्बमको अवार्ड ‘कर्म’बाट एसपी सापकोटाले अवार्ड पाए ।
कार्यक्रममा पपुलर मोडल अफ दि इयर दिपाशा बिसी, क्रिटिक्स अवार्ड किरण केसी क्रोधी र बेस्ट सिंगर अफ दि इयरको अवार्ड सुमित खड्कालाई दिइएको छ । कार्यक्रममा पत्रकार गीता अधिकारी, गायिका माण्डवी त्रिपाठी, प्रेम सापकोटा सोनु, मल्लिका कार्की र याङ्शु श्रेष्ठलाई पुरस्कृत तथा सम्मान प्रदान गरिएको थियो ।

Comments