डम्बर खापुङको अर्को प्रस्तुति पूर्वेली भाकामा “दार्जेलीङ ज्यानको”, यस्तो बनेर आयो भिडियो | Screennepal

डम्बर खापुङको अर्को प्रस्तुति पूर्वेली भाकामा “दार्जेलीङ ज्यानको”, यस्तो बनेर आयो भिडियो

स्क्रीननेपाल डटकम :
द आर.जी.टी फिल्म्सको प्रस्तुतिमा सम्पूर्ण छायांकन अमेरिकामा गरिएको “दार्जेलीङ ज्यानको” बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ | द आर.जी.टी फिल्म्सकै युटुब च्यानलबाट यो भिडियो रिलिज गरिएको छ | भिडियोको निर्देशन कृष्ण राईले गरेका हुन् | डम्बर खापुङ र तारा लिम्बुको सुमधुर स्वरमा यो गीत तयार भएको हो | यस गीतमा तुम्बेहाङ लिम्बुको शब्द र उत्तम जंग लिम्बुको कम्पोजिसन रहेको छ | पूर्वेली भाकामा यो गीत बनेको छ भने यसको शब्द संगीत पनि निकै मर्मशील नै रहेको छ | गीतमा भिडियो पनि निकै राम्रो बनेको देखिन्छ |


प्रविन गुरुङको छायांकन र भक्त मगरको सह-छायांकन रहेको यस भिडियोमा आसिस गुरुङ र सर्मिला राईको अभिनय रहेको छ | अमेरिकाको सुन्दर दृश्य कैद गर्दै राम्रो कन्सेप्ट राखेर गीतको भावलाई न्याय हुने हिसाबले कृष्ण राईले भिडियोको निर्देशन गरेका छन् | कृष्ण राई अमेरिकामा म्युजिक भिडियोको दुनियामा चलेको नाम हो भन्दा कुनै फरक पर्दैन | उनले धेरै म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् | आफुले सक्दो मेहेनत गरेर यस म्युजिक भिडियो निर्माण गरेको र अवश्य पनि दर्शकहरुलाई यो भिडियो मन पर्ने विश्वास समेत आफुले लिएको उनले बताए |

यस गीतका गायक डम्बर खापुङ पनि बिगत लामो समय देखि नै अमेरिकामा बसेर नेपाली गीत संगीतलाई बढावा दिदै अगाडी बढिरहेका छन् | विदेशमा समेत नेपाली गीत संगीतलाई स्थापित गर्न उनले धेरै प्रयास गरिरहेका छन् र धेरै हद सम्म उनि सफल पनि भएका छन् | उनको र कृष्ण राईको सहकार्यले नै यो भिडियो तयार भएको छ | कृष्ण राईले पनि केहि नया कुरा दिने हिसाबले यो भिडियोलाई निर्देशन गरेको देखिन्छ | पछिल्लो समय उनि निकै ब्यस्त छन् भिडियो निर्देशनको काममा भने उनको एक पछि अर्को भिडियो अब बजारमा आउने तयारीमा रहेको छ |

हेर्नुस भिडियो :



Facebook Comment