‘शान्ति’को दुई गीत, १४ मंसिरमा फिल्म् आउँदै (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १४ आश्विन आईतवार
no img

फिल्म ‘शान्ति’को रिलिज मिति सार्वजनिक गरिएको छ । यो फिल्म अब १४ मंसिरमा रिलिज हुने भएको छ । फिल्म रिलिजको मिति घोषणासँगै दुई गीत पनि सार्वजनिक गरिएको छ ।
फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मको ‘बलेसीमा पानी खस्यो’ र ‘पहिलो नजर जुध्यो’ बोलको गीत शनिबार राजधानीमा पत्रकारमाझ सार्वजनिक गरिएको हो । ‘बलेसीमा पानी खस्यो’ गीतमा दिनेश लिङदेन र ‘पहिलो नजर जुधेपछि’मा हरि उप्रेतीको शब्द छ ।
फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवं प्रेमकथालाई प्रस्तुत गर्नेछ । फिल्ममा सुशील क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, सञ्जिब थेबे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारीको अभिनय छ ।
शान्ति वखिम थेबे निर्माता र बसन्त थेवे कार्यकारी निर्माता रहेको यस फिल्ममा कविता राई लिङ्देन प्रस्तुतकर्ता छिन् । फिल्ममा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँती, ज्ञानु राईको छायांकन र मेग मगरको सम्पादन छ ।

https://www.youtube.com/watch?v=F9FZ3lo4B1E

Comments