कलेज–कलेजमा जय भोले | Screennepal

कलेज–कलेजमा जय भोले

काठमाडौं । यही ३० असोज घटस्थापनाबाट रिलिज हुने चलचित्र जय भोले केही दिन यताबाट स्कुल तथा कलेज यात्रामा छ । स्कुल कलेजका विधार्थीहरुसँग यो चलचित्रका कलाकारहरुले प्रत्यक्ष भेटघाटसँगै साक्षात्कार गर्दै आएका छन् ।
यो चलचित्रका अभिनता खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, अभिनेत्री स्वस्तिमा खड्का, निर्माता निर्देशक अशोक शर्मा लगायतको टिमले अहिले स्कुल तथा कलेजमा पुगेर विधार्थीहरुसँग साक्षात्कार गर्दै आएको छ ।
यसै क्रममा जय भोले टिमले तीन दिनमा लिटिल एञ्जल हात्तिबन, ग्रान्ड एकेडेमी लगनखेल, प्रिमियर स्कुल सातदोबाटो, युनिक एकेडेमी कुमारीपाटी, ओमेघा कलेज कुमारीपाटी, नेशनल कलेज बालकुमारी, हिमालय कलेज कोटेश्वर, भिएस निकेतन मिनभवन, एसएम कलेज घट्टेकुलो, इपिएस स्कुल मिन भवन, एसिई हाइयर सेकेन्डरी मिन भवन लगायत विभिन्न कलेज तथा स्कुलमा विधार्थीहरुसँग साक्षात्कार गरिसकेका छ ।
यस्तै आईतबारबाट तीन दिनसम्म अरु काठमाडौं उपत्यकाका एक दर्जन भन्दा बढी स्कुल तथा कलेजमा चलचित्र जय भोलेको विधार्थीहरुसँग साक्षात्कार कार्यक्रम रहेको पनि निर्माता निर्देशक अशोक शर्माले जानकारी गराए । स्कुल कलेज यात्राका क्रममा चलचित्रबारे विधार्थीहरु हाजिर जवाफ कार्यक्रम सहित विभिन्न पुरस्कार पनि प्रदान गरिँदै आएको छ । विधार्थीहरुसँग स्कुल कलेजमा जय भोले सेल्फी पनि त्यत्तिकै लोकप्रिय हुँदै अएको यसका निर्देशक शर्माले जानकारी गराए ।
यो चलचित्रका निर्माता निर्देशक शर्माले दशैंमा सबै स्कुल तथा कलेज विदा हुने भएकाले बिधार्थीहरुले आफुहरुसँग यो चलचित्र हेर्ने प्रतिवद्धता जनाएको बताएका छन् ।



Facebook Comment