पहिलोपटक अमिताभ र आमिर सँगै (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, १० आश्विन बुधबार
no img

बलिउडका दुई स्टार अमिताभ बच्चन र आमिर खान एकसाथ पहिलोपटक ‘ठग्स अफ हिन्दुस्तान’ बन्दैछन् । यी दुई अभिनेताले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा सँगै अभिनय गरेका छन् । यो फिल्म दर्शकको पर्खाइमा रहेको छ ।
अभिनेता आमिर खानले अमिताभसँग काम गर्दाको अनुभवलाई सोशल मिडियामा सेयर गर्दै भनेका छन्, ‘मेरो एउटा सपना पूरा भएको छ ।’ अभिताभ र आमिरको चर्चा चलिरहँदा यशराज फिल्मले पनि यो जोडीलाई सरप्राइज भन्दै शोसल मिडियामार्फत खुलासा गरेका छन् ।

अमिताभ बच्चन र आमिर खान स्टारर फिल्म ‘ठग्स अफ हिन्दस्तान’ तमिल र तेलुगूमा डबिङ गरिँदैछ । यस फिल्मका निर्देशक विजय कृष्ण आचार्यले भने, ‘भारतका सबै जनताले फिल्म हेर्न सक्छन् । फिल्म तमिल र तेलुगूमा रिलिज हुनेछ ।’ फिल्म रिलिज मितिलाई लक्षित गर्दै आमिर र अमिताभको एक भिडियो पनि बनाइएको छ । जसमा उनीहरुले दुई भाषामा बोलेका छन् ।
समाचारमा बताइएअनुसार अभिनेता आमिर फिल्म ‘ठग्स अफ हिन्दास्तान’मा नयाँ लुकमा देखिने भएका छन् । फिल्ममा अमिताभ ‘खुदाबक्श’ र आमिर ‘फिरंगी’को भूमिकामा देखिँदैछन् भने कट्रिना कैफ ‘सुरैया’ र दंगल स्टार जायरा बसिम ‘जाफिरा’को भूमिकामा छिन् । यो फिल्म ८ नोभेम्बरमा रिलिज हुँदैछ ।

Comments