पोखरा बसेर गायनमा सोनिकाको ‘इशारा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७५, ९ आश्विन मंगलवार
no img

काठमाडौं । गायिका सोनिका लामा केसी लामो समयको अन्तरालपछि गायनमा देखिएकी छन् । एक समय मोडल तथा अभिनेत्री समेत रहेकी सोनिकाले हालै ‘इशारा’ बोलको गीत ल्याएकी छन् । यस गीतमार्फत सोनिकाले ‘गीतसंगीत क्षेत्रमै छु है’ भन्ने इशारा समेत गरेकी छन् ।
सार्वजननिक गीत लामो समयको ग्यापिङपछि ल्याएको भएपनि सोनिकाको स्वरमा कुनै तलमाथि भएको छैन ।

सुमधुर स्वरकी धनी सोनिकाले आफ्नो पछिल्लो गीत ‘इशारा’मार्फत अझै सांगीतिक करिअरलाई उचाइमा लाने इशारा गरेकी छन् । काठमाडौमा हुँदा निरन्तर गीतसंगीत र अभिनयमै सक्रिय रहँदै आएकी सोनिका केही वर्षयता पोखरा बस्दै आएकी छन् । पोखरामा होटल व्यवसायी गर्दै आएकी उनले यसपटक पोखरातिरकै संगीतकार तथा गायक रामझक्त जोजिजुसँगको सहकार्यमा गीत तयार गरेकी छन् । ‘इशारा’मा सोनिका र रामभक्तको स्वर रहेको छ । प्रतिभा श्रेष्ठको शब्दरचना रहेको उक्त गीतलाई रामभक्तले नै संगीत गरेका हुन् ।
चिर्यस इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको ‘इशारा’ गीतको भिडियोलाई सुदीप बरालले निर्देशन गरेका हुन् । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । यस भिडियोमा गायिका सोनिका र विकासले अभिनय गरेका छन् ।

Comments