अजयले काजोलको मोबाइल नम्बर ट्विटपछि…
screennepal
प्रकाशित: २०७५, ९ आश्विन मंगलवार
no img

बलिउड अभिनेता अजय देवगणले आफ्नी पत्नी अभिनेत्री काजोलको मोबाइल नम्बर ट्विट गरेपछि सोसल मिडियामा तहल्का मच्चिएको छ ।
अजयले ‘फ्रेन्क’ गर्दै काजोलको मोबाइल नम्बर ट्विट गरेका थिए । तर, जब काजोलको नम्बर अजयले ट्विट गरेको सोसल मिडिया युजरले थाहा पाए, त्यसपछि अजयलाई उल्टै उडाउन थाले । अजयले ‘फ्रेन्क’ गरेको थाहा पाएपछि उनलाई ‘फ्रन्कस्टार’को उपनाम दिएका छन् ।
त्यसो त अजयको ‘फ्रेन्क’ले काजोल हैरान नभएकी होइन । जब अजयले आफ्नो फोन नम्बर ट्विटरमा सेयर गरिदिए, तब काजोललाई विभिन्नखाले फोन आउन थाल्यो । त्यतिबेलासम्म काजोलले आफ्नो मोबाइल नम्बर ट्विटरमा शेयर भएको छ भन्ने थाहा थिएन । जब काजोल फोनमा घन्टी बजेर हैरान भएपछि मात्र बल्ल अजयले भने, ‘मैले फ्रेन्क गरेको हुँ ।’
अजयले काजोलको नम्बर ट्विट गरेपछि त्यसमा ४२२६ भन्दाबढी रि–ट्विट भइसकेको छ । त्यसमा सबैभन्दा बढी अजयलाई ‘फ्रेन्कस्टार’को उपमा दिएका छन् ।

Comments